२ बैशाख
निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण मागेको छ। नेकपा माओवादी केन्द्रले उनको फोटो प्रयोग गरी चुनावी प्रचारप्रसार गरेको भन्दै आयोगले घिसिङसँग जवाफ मागेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।
उनका अनुसार एक हप्ताभित्र तीन बुँदामा चित्त बुझ्दो जवाफ माग गरिएको हो। उनको फोटो प्रयोग गरी प्रचारप्रसार गरेको हुँदा जवाफ मागिएको हो,’ उनले भने, ‘उनको अनुमति लिएर हो वा होइन र अनुमति लिएर भए किन र अनुमति बिना नै त्यो गरिएको भए किन आयोगलाई जानकारी नगराएको भनेर जवाफ मागिएको हो।
यस्तै, माओवादी केन्द्रसँग पनि जवाफ मागेको उनले बताए। कुलमान घिसिङ, उनको तस्बिर प्रयोग गर्ने पार्टी र गण्डकी प्रदेश पोखराका सभामुख नेत्रनाथ अधिकारीसँग स्पष्टीकरण सोधिएको हो,’ उनले भने।
सभामुख अधिकारीले पनि अघिल्लो चुनावमा बढी खर्च गरेको भन्ने अभिव्यक्ति दिएपछि उनीसँग पनि स्पष्टीकरण मागिएको उनले बताए। यसअघि आयोगले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसका नेता शंशाक कोइरालासँग पनि स्पष्टीकरण सोधेको छ। सेतोपाटीवाट









