२९ चैत्र
पर्वत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठकले विभिन्न निणर्य गरेको छ । पार्टी सभापति युवराज जोशीको अध्यक्षतामा बसेको बैठकले ४ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । यस्तै पार्टीको प्रवक्ता तोकिएको छ भने संसदीय समिति, प्रतिबद्धता पत्र मस्यौदा समिति, निर्वाचन अनुगमन समिति, चुनाव प्रचारप्रसार समिति, कार्यसम्पादन समिति समेत चयन गरिएको छ । नेपाली काँग्रेसको विद्यान २०१७ को परिच्छेद ३ दफा १२ को उपदफा ५ को ‘ख’ मा व्यवस्था भए बमोजिम कुश्मा नगरपालिका ९ का शिव शर्मा अधिकारी,फलेवास नगरपालिका ११ का शेरबहादुर सुनार ‘जितबहादुर’ जलजला गाउँपालिका ९ का सोमवहादुर पुन र कुश्मा नगरपालिका २ का सरस्वती शर्मा ‘जिज्ञासु‘ लाई जिल्ला सदस्यमा मनोनित गरिएको छ ।
पार्टी सभापति जोशीले चार जना नेतालाई सदस्यमा मनोनित गरेको जानकारी दिनुभयो । बैठकले कार्यसम्पादन समितिमा यामवहादुर मल्ल, विषमकुमार श्रेष्ठ, सरस्वती शर्मा जिज्ञाशु, कुलप्रसाद शर्मा, राजु विक, लक्ष्मी आचार्य, शान्ती शर्मा कुमाल, भोर्ले सार्की, प्रकाश आचार्य,गुप्तप्रताप सेन, ओम गिरी, लेखबहादुर थापा किसान, लक्ष्मी मेधासी, प्रमोद पाण्डे,मुकुन्द गौतमलाई चयन गरेको छ ।
संसदीय समितिमा यामबहादुर मल्ल, टिकाराम भुसाल, जगतशंकर पौडेल, जितबहादुर सुनार र कमला शर्मालाई मनोनयन गरिएको छ । पार्टी प्रवक्ताको जिम्मेवारी जिल्ला सहसचिव समेत रहेका अच्यूत तिवारीलाई दिईएको सभापति जोशीले जानकारी दिनुभयो । पार्टी सभापति जोशीको संयोजकत्वमा रहेको चुनाव प्रचारप्रसार समितिमा पार्टीका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थालाई राखिएको छ । निर्वाचन अनुगमन समिति संयोजक निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसाल र प्रतिबद्धता पत्र मस्यौदा समिति संयोजकमा पूर्व पार्टी सभापति नवराज गुरुङ लाई चयन गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा पनि सोमवार बसेको बैठकमा छलफल भएको छ ।









