१९ चैत
पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं २ खुर्कोटको आयोजनामा पार्टी प्रवेश तथा नागरीक संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुखअतिथि नेपाली कांग्रेस पर्वतका पार्टी सभापती युवराज जोशीले राजनिति भनेको व्यवसाय नभई यो नितान्त सामाजिक सेवा भएकाले त्यस्तो सेवा गर्ने व्यक्ति मात्र यो क्षेत्रमा आउन आग्रह गर्नुभयो । १४औ महाधिवेशन पछि पर्वत कांग्रेसमा कुनैगुट,उपगुट नहरेको जानकारी गराउदै आफुले साझा रुपमा कार्य गर्ने वताउनु भयो । पर्वत कांग्रेसले सवै कार्यकर्ताको भावना वुझेर कार्य गर्ने वताउदै नेता जोशीले अव निर्वाचित हुने जनप्रतिनिधिले पार्टी संग समन्वय गरेर मात्र कार्यगर्न उत्प्रेरीत गर्ने वताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका ने क पा एमालेको भातृसंस्था युवा संघ खुर्कोटका उपाध्यक्ष सुजन क्षेत्री युवा संघ परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उपाध्यक्ष सहित प्रवेश गर्नेहरुमा सुनिल पुरी, रुद्र गिरी,सचिन क्षेत्री,गंगागिरी,प्रेम गिरी,सन्तु नेपाली र डिलमाया दर्जी रहेका छन् । नेपाली कांग्रेस पर्वतका पार्टी सभापर्ती युवराज जोशीले नव प्रवेशी हरुलाई टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।


नव प्रवेशी युवाहरुले नोपली कांग्रेसको सिद्धान्त र विचार राम्रो लागेकाले प्रवेश गरेको वताएका छन् । नेपाली कांग्रेसमा वडा देखी जिल्ला सम्म युवा नेतृत्व आएकाले युवाहरुको आकर्षण वढेको वताए । युवाहरुले नेपाली कांग्रेसमा मात्र आपनो भुमिका र योगदानको कदरहुने वताए ।
कार्यक्रममा नव प्रवेशी हरुलाई जिल्ला सचिव गुप्तनिधि शर्मा,जिल्ला सदस्य शान्ति शर्मा कुमाल र वडा सभापती तिर्थ प्रसाद शर्माले स्वागत गर्दै वधाई दिएका थिए ।
नेपाली कांग्रेस खुर्कोटका वडा सभापती तिर्थ प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष हरीप्रसाद रेग्मीले र संचालन सचिव गोविन्द प्रसाद रेग्मीले गर्नु भएको थियो ।