११ चैत्र
पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा चैत्र ७ गते देखि संचालन भएको घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको आज एक कार्यक्रमका विच समापन भयो । नेपाली कांग्रेस खुर्कोटका सभापती तिर्थ प्रसाद शर्माले ५ दिन सम्म निरन्तर घरभेटमा सहभागी वडा कार्यसमितिका सदस्यहरु,क्षत्रिय प्रतिनिधिहरु,सुभेक्षुक तथा भार्त संस्थाका पदाधिकारी हरु र कृयाशिल सदस्य लाई धन्यवाद ज्ञापन गर्नु भयो । खुर्कोटको साविक वडा १ देखी ९ सम्म घरभेट गर्दा स्थानिय नेताहरुको सकृय सहभागिताले कांग्रेस प्रति आकर्षण वढेको वताउनु भयो । दैनिक जसो ४०,५० जनाको सहभागिता हुने गरेकाले खुर्कोटका कांग्रेसजनहरुमा थप उत्साह र हौसला थपिएको वताउनू भयो ।


खुर्कोटका ९ सय १३ घरधुरीमा पुगेर कांग्रेसले वडामा भएका विकास निर्माणका कार्यहरुवारे जानकारी,आगामी दिनमा वडामा गर्नुपर्ने विकासका कार्यहरुवारे सुझाव र कांग्रेसका प्रति रहेको गुनासो,सुझाव पेश गर्न अनुरोध गरेका थिए । प्रत्येक घरमा पुग्दा स्थानियले चुनावको वेलामात्र घरघरमा आउने नभई समय समयमा घरभेट गर्न सुझाव दिएका थिए । देशमा रोजगारी र स्थयित्व हुनुपर्ने सवैको धारणा रहेको थियो ।


कांग्रेसले आगामी ५ वर्षमा गर्ने कार्यहरुलाई वडाको घोषणा पत्र तयार गर्नका लागी समेत उक्त घरभेट कार्यक्रम महत्वपुर्ण रहेको वडाका सचिव गोविन्द प्रसाद रेग्मीले वताउनू भयो । यसरी नै सुझाव लिएर तयार गरिएको घोषणा पत्र वास्तविक हुने धारणा राख्नु भयो । अर्का सचिव पदम वास्तोलाले घरभेट कार्यक्रमका आएका गुनासा र सुझावको वारेमा पार्टीले नागरिक सम्वाद कार्यक्रम मार्फत प्रष्ट पार्ने भएकाले आगामी १९ गते ढांणनगरका कार्यक्रम आयोजना गरिएको वताउनू भयो । उक्त कार्यक्रमले नागरीकका विचमा वडामा भएका विकास,गुनासा र सुझावको वारेमा प्रष्ट पार्ने अपेक्षा गरिएको छ ।
नेपाली काग्रेसको केन्द्रिय समितिले सर्कुलर गरेवमोजिमको १ महिने अभियान अन्तरगत आगामी १५ गते पार्टीको वडा कार्यालय शुभारम्भ,टोल कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण,कांग्रेस र वडाको वारेमा विषेश योगदान गर्नेहरुलाई सम्मान कार्यक्रम राखिएको छ । त्यसै गरी १९ गते नागरीक सम्वाद कार्यक्रम र २७ गते सवै कृयाशिल सदस्यहरुको भेला तथा आमसभा कार्यक्रमको आयोजना गरि १ महिने अभियानको समापन गरिने कुरा वडा सभापती तिर्थ प्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य शान्तिशर्मा कुमाल, वडा सभापती तिर्थप्रसाद शर्मा, लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका जिल्ला अध्यक्ष तथा क्षेत्रिय प्रतिनिधि गणेश वहादुर क्षेत्री, वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोला, वडा उपसभपती हरि प्रसाद शर्मा,सचिव गोबिन्द प्रसाद रेग्मी,पदम बस्तोला,कोषाध्यक्ष रेणु जोशी, टोल कार्यसमितिका सभापती छ्त्र बहादुर क्षत्री, रमेश पौडेल, पूर्व जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा जिज्ञाशु,क्षत्रिय प्रतिनिधिहरु लालकृस्ण वास्तोला,कृष्ण प्रसाद पौडेल, कुश्मा नगर कार्यसमिति सदस्य नारयण गिरी, कृयाशिल सदस्य कल्याण सुबेदी, इश्वरि रेग्मी ,षेसराज सुवेदी, तरुणदलका सदस्य हरि बहादुर क्षत्री, कार्य समिती सदस्य गिता पौडेल लगायतको उपस्थिति रहेको थियो ।