Nepal Congress leader Gagan Thapa, who is a candidate for the post of party's general secretary, speaking at a press meet organised at the General Convention venue in Bhrikutimandap in Kathmandu, Saturday, March 5, 2016. Photo: Keshav P. Koirala

१० चैत

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । उत्तः समितिको संयोजक महामन्त्री गगनकुमार थापा भएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णय अनुसार थापालाई स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेको पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।