८ चैत
पर्वत । कुश्मा नगपालिका वडा नं. २ खुर्कोटमा घर घर जाऔं काँग्रेस जिताऔ’ अभियानको दोश्रो दिन साविक खुर्कोटका ६,७ र ८ मा सम्पन्न भएको छ । कांग्रेसका स्थानिय नेता,वडा अध्यक्ष लगायतका उक्त अभियानमा सहभागी भएका थिए ।
स्थानिय ३ दर्जन नेता कार्यहरुको घरभेटमा उपस्थिति रहेको थियो । कार्यकर्ताहरु एक लहरमा घरघरमा पुग्दा स्थानिय चुनावको झल्को आएको थियो । स्थानिय जनताले विगत ५ वर्षमा वडावाट भएका विकास निर्माणका कार्यहरुको वरेमा जानकारी मागेका थिए । स्थानिय तथा राष्ट्रिय राजनितिको वारेमा समेत चर्चा तथा छलफल भएको थियो । यसरी घरभेट गर्दा स्थानिय जनताहरु खुशी भएका थिए । चुनावको वेला मात्र नभई सधै जनताको घरमा आएर समस्या वुभन अनुरोध गरेका थिए ।

उक्त घरभेट कार्यक्रममा कांग्रेस जिल्ला कार्य समिति सदस्य शान्ति शर्मा कुमाल, प्रदेश अधिवेशन प्रतिनिधि कालिभक्त शर्मा, कुश्मा नगर कार्यसमिति सदस्य नारयण गिरि,डिल्लीराम पौडेल,वडा सभापती तिर्थप्रसाद शर्मा,वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,उपसभापति हरि प्रसाद शर्मा, नरायण पौडेल,सचिव गोविन्द प्रसाद रेग्मी, पदम बस्तोला, निजामती कर्मचारी युनियन संघका केन्द्रिय सदस्यहरु तेजिन्द्र पौडेल, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री,क्षेत्रिय प्रतिनिधिहरु लालकृस्ण वास्तोला,कमलराज पौडेल, देबनाथ पौडेल,शिबराज शर्मा,जमुना दर्जी, लगायतको उपस्थिति रहेको थियो ।
टोल कार्यसमितिका सभापतीहरु छ्त्र बहादुर छेत्री, रमेस प्रसाद शर्मा, रामप्रसद पौडेल, हरिप्रसाद पाध्या, हिरा बहादुर छेत्री,भेष राज रेग्मी ,बिस्नुप्रसद पौडेल ,हरिप्रसाद पाध्या, कृयाशिल सदस्यहरु भिमनिधि रेग्मी,राजु प्रसाद पौडेल,गिता पौडेल, कलिका प्रसाद शर्मा, श्याम प्रसाद पौडेल, दिनेस अर्याल, सेते दर्जी लगायत सहभागी हुनुभएको थियो ।
९ गतेसाविक वडा नं. ५ मा घरभेट गर्ने कार्यक्रम रहेको वडा सभापती तिर्थ प्रसाद शर्माले जानकारी दिनुभयो ।









