७ चैत
पर्वत । कुश्मा नगपालिका वडा नं. २ खुर्कोटमा घर घर जाऔं काँग्रेस जिताऔ’ अभियानमा सकृयता,जनताको घरघरमा पुगेर जनता संग मागे सुझाव,कांग्रेसका स्थानिय नेताहरु,वडा अध्यक्ष लगायतका सहभागी भएका थिए ।

आज साविक खुर्कोटको वडा न ८ र ९ मा घरभेट गर्ने कार्य भएको छ । घरभेटमा कांग्रेसका स्थानिय नेताहरु संग विगतमा कांग्रेसले गरेका कार्यहरु र आगामी दिनमा गर्ने कार्यहरुको वारेमा सुझाव दिएका थिए । अधिकांश व्यक्तिहरुको कम्यूनिष्टले पाएको स्पष्ट वहुमतको सदुपयोग नगरेको,स्थानिय समस्याको वारेमा कहिलै सोध पुछ नगरेको धारणा राखेका थिए ।


उक्त घरभेट कार्यक्रममा कांग्रेस जिल्ला सदस्य शमान्ति शर्मा कुमाल, वडा सभापती तिर्थप्रसाद शर्मा,वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,उपसभापति हरि प्रसाद शर्मा,सचिव पदम बस्तोला,टोल कार्यसमितिका सभापतीहरु छ्त्र बहादुर छेत्री,रमेस प्रसाद शर्मा, रामप्रसद पौडेल, हरिप्रसाद पाध्या, हिरा बहादुर छेत्री,टोमप्रसाद चलिसे, क्षेत्रिय प्रतिनिधिहरु लालकृस्ण वास्तोला,कमलराज पौडेल,गणेश वहादुर क्षेत्री, देबनाथ पौडेल,शिबराज शर्मा, रबि छेत्री,कुश्मा नगर कार्यसमिति सदस्य नारयण गिरि ,लेखनाथ चालिसे, सकृय सदस्यहरु कल्यण सुवेदी,मन बहादुर नेपाली,दिनेस अर्याल,यकनरायण पाध्यय,राजु पौडेल,यम प्रसाद शर्मा ,भगिरथ शर्मा,सेते दर्जी लगायतको उपस्थिति रहेको थियो ।