७ चैत
पर्वत । कुश्मा नगरपालिका २ मा नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले सुर्य प्रसाद पौडेलको अध्यक्षतामा वडा कार्य समिति चयन भएको छ । उप सभापती समिर जोशी,सचिव कृष्ण वहादुर क्षेत्री,विशाल क्षत्री सह सचिव सुजन कुमाल सदस्यहरुमा दिपेन्द्रराज पौडेल,कुमार पौडेल,सुदिप क्षेत्री,विशाल पौडेल कृष्ण वहादुर क्षेत्री,हरी प्रसाद शर्माधन वहादुर रेग्मी,लाल वहादुर खत्री,निखिल नेपालीथम वहादुर क्षत्री,प्रशान्त रेग्मी र अमृत सुनार रहेका छन् । कोषाध्यक्ष पद रिक्त रहेको तरुण दलका सभापती सर्य प्रसाद पौडेलले वताए ।


तरुण दलका वडा सभापती रवी क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव गुप्तनिधि शर्मा,जिल्ला कोषाध्यक्ष हेम शर्मा पौडेल,जिल्ला सदस्य शमाीनत शर्मा कुमाल,वडा अध्यक्ष यदुनाथ शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका वडा सभापती तिर्थ प्रसाद शर्माले नवनिर्वाचित सभापती सुर्य प्रसाद पौडेल लगायतका पदाधिकारीहरुलाई खादा र अविर लगाएर वधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा वडा समितिलाई माईक खरिदका लागी १८ हजार ५सय सहयोग संकलन भएको छ । किशोर भण्डारी १ हजार,कल्याण सुवेदी १ हजार ५ सय,श्याम कुमार जोशी १ हजार,रघुनाथ रेग्मी १ हजार,छत्रराज पौडेल १ हजार,मनकाजी केसी १ हजार,छत्र वहादुर पौडेल क्षेत्री १ हजार,नारायण प्रसाद पौडेल १ हजार,शान्ति शर्मा कुमाल १ हजार,लालकृष्ण वास्तोला १ हजार,गणेश वहादुर क्षेत्री १ हजार,किशोर पौडेल ५ सय,तिर्थ प्रसाद शर्मा १ हजार र कमलराज पौडेल वाट १ हजार सहयोग प्राप्त भएको नेपाली कांग्रेस वडा नं २ का वडा सचिव पदम वास्तोलाले जानकारी दिए ।