७ चैत्र
पर्वत । नेपाली काँग्रेस पर्वतले शुरु गरेको ‘घर घर जाऔं काँग्रेस जिताऔ’ अभियान खुर्कोटमा शुरु भएको छ । पर्वतको कुश्मानगरपालिका–२ खुर्कोटमा आईतवार वडाका टोल कार्य समिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरु सँग अभियान बारे अन्तरक्रिया गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसले शुरु गरेको ‘घर घर जाऔं काँग्रेस जिताऔ’ अभियान सँगै आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेसका सदस्य सिताकाप्ले लामिछाने, नेपाली काग्रेस पर्वत कोषाध्यक्ष जिल्ला प्रतिनिधि हेम शर्मा पौडेल,जिल्ला सचिव गुप्तनिधि शर्मा,प्रदेश क का सभापती राज कुमार क्षेत्री,कुश्मा नगर सभापती किशोर भण्डारी,प्रदेश अधिवेशन प्रतिनिधि ईश्वरी पाठक,कालिभक्त शर्मा,नगर उपसभापती राजन जोशी लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका २ खुर्कोटका सभापति तिर्थ प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा सचिव पदम वास्तोलाले संचालन र स्वागत उपसभापती नारायण शर्माले गर्नुभएको थियो ।
कार्यक्रमको वारेमा जिल्ला प्रतिनिधी हेम शर्मा पौडेलले प्रकाश पादै यस १ महिने अभियानका क्रममा नागरिकको हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने बताउनु भयो । उहाँले अभियानको क्रममा स्थानिय ऐजेण्डा देखी राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिन र जनताबाट सुझावसमेत लिन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले परित्याग गरी २३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु साविक वडा नं. २ का भगवती नेपाली,डिल वहादुर नेपाली,लोक वहादुर नेपाली,विक्रम नेपाली,कृष्ण वहादुर नेपाली,मनरुपा नेपाली,चन्द्र कली नेपाली,मिन वहादुर नेपाली,धन वहादुर नेपाली,धन कुमारी परियार,कुमारी परियार,विष्णु नेपाली,सुनिता नेपाली,निखिल नेपाली,सन्तु नेपालीमाया नेपाली,ज्ञानेन्द्र नेपाली,लक्ष्मी नेपाली,हिरा नेपाली,साविक वडा न ४ वाट निलकण्ठ पौडेल,प्रेम वहादुर रेग्मी र अग्नीधर शर्मा रहेका छन् । नव प्रवेशीहरुलाई नेपाली कांग्रेस प्रदेश कार्यसमिति सदस्य सीता काप्ले लामिछाने,जिल्ला कोषध्यक्ष हेम शर्मा पौडेल र जिल्ला सचिव गुप्तनिधि शर्माले खादा अविर लगाएर स्वागत गर्नुभएको थियो ।
साविक खुर्कोटका ९ वटै वडामा ७ गते देखि चैत्र १२ गते सम्म घरभेट कार्यक्रम शुररु गर्ने भएको छ । उक्त अभियानमा वडा कार्य समिति,क्षत्रिय प्रतिनिधि र पार्टी भातृ शुवेक्षुक संस्थाका प्रमुखहरु सहभागी हुने भएका छन् । चैत्र १५ गते नागरीक सम्मान तथा टोल कार्यसमितिलाई प्रमाण पत्र वितरण, १९ गते विकास संवाद नागरीक सवाल कार्यक्रम र २७ गते वृहत आम भेला गर्ने कार्यक्रम रहेको वडा सचिव गोविन्द रेग्मीले जानकारी दिनुभयो ।









