६ चैत्र

पर्वत  । नेपाली कांग्रेस कुस्मा नगरपालिका– १४ आर्थर डाँडाखर्कद्धारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशभा शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपाली कांग्रेसको बिचारले राष्ट्र बाच्न सफल भएको बतनउनुभयो । कम्युनिस्टका झुठा आश्वासनले जनतामा अघात पुगेको भन्दै जनताले कांग्रेसको रोजाइ चाहिसकेको बताउनुभयो । उहाले एमसिसिको भ्रम छरेर कम्युनिस्टले जनताको आखामा छारो हाल्ने खोज्द सोझा जनताको भोट खोस्न सक्ने भन्द सचेतभइ खबरदारी गर्न अनुरोध गर्नुभयो ।
नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशिले कम्युनिस्टका झुठो भनाइको शिकारमा जनता परेको स्मरण गर्दै नेपाली कांग्रेसलाई आगामि निर्वाचनको पहरेदार पार्टी बनाउन अनुरोध गर्नुभयो । उहाले जनताले कुरालाई होइन कामलाई पत्याउने भन्दै सधै नेपाली कांग्रेस सच्चा कामको विश्वास गर्ने बताउाुभयो । आर्थरको सडक कालेपत्र गर्न स्थानीय हुदै सघिय सरकार सम्म डेलिगेसन जाने वताउनुभयो ।
गण्डकी प्रदेशका साँसद ललितकला गुरुङले नेपाली काङ्ग्रेसको जितले मात्रै मुलुकका जनताले शान्ति र अमनचयन हाँसिल गर्न सक्ने भन्दै पार्टीलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवम् कुस्मा नगरपालिकाका उपप्रमुख सीताकाफ्ले लामिछाने, नेपाली काग्रेस पर्बत जिल्ला कार्य समिती का उपसभापति द्धोय डाक्टर चुडामणि शर्मा र शिव सुवेदी , नेपाली काङ्ग्रेस पर्वतका सह सचिब तिलक भुषाल, नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्य समितिका सभापति राजकुमार क्षत्री, नेपाली काँग्रेस कुश्मा नगरपालिकाका नगरसभापति किशोर भण्डारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि  नेपाल कर्मचारी युनियन गण्डकीका पुर्व संयोजक शिव शर्मा अधिकारी, नेपाली कांग्रेस आर्थरका टोल समिति सभापति टङ्क रिमाल,कुस्मा नगरपालिका नगरसमिति सदस्य बिष्णु बहादुर क्षेत्री,नेपाली कांग्रेस वडा समितिका सचिव दिपक बहादुर बानियाँ,आर्थर कांग्रेसका सल्लाहकार मनोज गुरुङ,समाजिक अभियान्ता अम्बर बहादुर क्षेत्री,क्षेत्रीय सदस्य मान बहादुर क्षेत्री ,कुलप्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो ।
नेपाली कांग्रेस आर्थरका सभापति रुद्रमोहन रिमालको अध्यक्ष सम्पन्न उक्त कार्यक्रममा वडा उपसभापति कृष्ण बानियाँले स्वागत मन्तव्य राख्नुभएको हो भने सञ्चालन वडा सचिव लेख्नाथ रिमालले गर्नु भएको थियो । कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गर्दे ४० जना कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । स्थानीय पञ्चासे आमा समुहले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा विजयी भएको प्रतिनिधिहरुलाइ गल्बवन्दि ,फुलमाल र अबिरले सम्मान गरेको थियो । यस्तै नेविसंघ पर्वतले स्थानीय नेविसंघ आर्थरलाइ ५ थान भलिबल सेट  प्रदान गरेको थियो ।