६ चैत्र

काठमाडौँ । ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३, पुतलीघाट बस्दै आएका उदयपुरको कटारी नगरपालिका–१०, सोरुङका ३८ वर्षीय चुक्तबहादुर राउत रहेको प्रहरीले जनाएको छ ।

पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरिराखेको बा४ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनापछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।