२ चैत्र
फागुन २९ गतेदेखि सुरू ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा: गाउँ-गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले ४६ पृष्ठको ‘एमसिसी अनुदान सहायता सम्झौता, भ्रम र यथार्थ’ नामको पुस्तिका पनि लगेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले एमसिसीबारे जनतामा भ्रम रहेकोले यथार्थ बुझाउन भन्दै पुस्तिका नै छापेको थियो। कांग्रेसका नेताहरूले गाउँ तथा टोल र घरदैलोका क्रममा: उक्त पुस्तिका वितरण गरेका छन्। साथै नेताहरूले एमसिसीबारे अनावश्यक भ्रम छरेकोमा अरू पार्टीका नेताहरूको आलोचनासमेत गर्छन्।
कांग्रेसले छापेको एमसिसीबारेको पुस्तिकामा कुन सरकारका पालामा एमसिसीबारे के निर्णय गरिएका थिए भन्नेबारे मिति, प्रधानमन्त्री, मन्त्रीहरूलगायतको विवरणसमेत समावेश छ।
कम्युनिष्ट पार्टीका नेताहरूले एमसिसीबारे भ्रम छरेकोले उक्त भ्रम चिर्न पुस्तक छाप्नुपरेको कांग्रेसले घरदैलो अभियान सञ्चालन गर्नुपूर्व पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताएको थियो।
एमसिसी परियोजनाबारे जानकारी दिने पुस्तिका गाउँ-गाउँ पठाइएको कांग्रेसले जनाएको छ। कांग्रेससहित सत्तारूढ गठबन्धनले एमसिसी प्रतिनिधि सभाबाट अनुमोदन गरिसकेका छन्।
हेर्नुस् पुस्तिकामा के छ ?









