३० फागुन
पर्वत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सत्तारुढ दल नेपाली काँग्रेसले ‘घर घर जाऔं, काँग्रेसलाई जिताऔँ’ अभियान शुरु गरेको छ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७७ जिल्लामा एकैसाथ अभियानको शुरुवात गरेको हो । पर्वत जिल्लामा शुरु भएको अभियानको केन्द्रीय प्रतिनिधी प्रतिमा गौत्तमले औपचारिक रुपमा शुभारम्भ गर्नुभएको छ ।


उद्घाटन समारोहमा बोल्दै केन्द्रिय प्रतिनिधी गौत्तमले अभियानका क्रममा नागरिकको हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने बताउनु भयो । उहाँले अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिन र जनताबाट सुझावसमेत लिन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी गौत्तमले कांग्रेसको नेतृत्वमा हाँसिल गरेका उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष निर्देशन दिनुभयो । उहाँले पर्वतमा नेपाली काँग्रेसको संगठन सुदृढ र एकताबद्ध भएको बताउँदै आगामी निर्वाचनमा पर्वत काँग्रेसले बाजी मार्ने समेत दाबी गर्नुभयो ।
नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले ‘घर घर जाऔं, काँग्रेसलाई जिताऔँ’ अभियानले काँग्रेसलाई बलियो बनाउन थप बल पुगेको बताउनु भयोे । उहाँले ’सबैको हातमा भारी, सबैको काँधमा जिम्मेवारी’ भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने जानकारी दिनुभयो । सभापति जोशीले भन्नुभयो,‘सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौँ, पार्टी सङ्गठनसँगै विभिन्न भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरू चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन,।’ अभियानले पार्टीलाई जनतासम्म स्थापित गर्नेछ भने जनता र पार्टी बीचमा राम्रो सम्बन्ध स्थापित गर्ने, पार्टी एकता मजबुत बनाउने विस्वास गरिएको छ । आउने स्थानिय तहको निर्वाचनमा न्यायोचित तरिकाले जनताले रुचाईएका प्रतिनिधिलाई टिकट दिईने समेत वताउनु भयो । पार्टीले टिकट वितरण गर्दा कुनै गुट उपगुटको कुा नगरी पार्टीमा दुख गरेका ईमान्दार कार्यकताको छनौट गर्ने वताउनु भयो । पार्टीमा पैसा हावी भएको प्रसग जोड्दै कुनै कार्यकर्ता इमान्दार र दुखगरेको छ भने पैसाका कारणले टिकट नदिने भन्ने हुन्न । पार्टीका साथीहरुले चन्दा उठाएर भए पनि त्यस्ता उम्मेदवारलाई सहयोग गर्ने र जिताउने जिम्मा पार्टीले लिन्छ भन्दै पैसाको आडम्वर देखाएर टिकट लिन प्रभावित पार्नेहरुले एसपटक टिकट नपाउने वताउनु भयो ।
नेपाली काँग्रेस पर्वतको बि।पी स्मृती भवन शुरु भएको अभियानमा ३ सय जना भन्दा बढिको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, महाधिवेशन प्रतिनिधी एवम् नेपाली काँग्रेसका पूर्व मुख्य सचिव ऋषिकेश तिवारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् नेका गण्डकी प्रदेशका सदस्य जितवहादुर नेपाली, गण्डकी प्रदेशका सदस्य एवम् कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने, काँग्रेस पर्वतका कोषाध्याक्ष हेम शर्मा, नेपाली काँग्रेस पर्वतका सहसचिव अच्युत तिवारी,तिलकप्रसाद भुषाल,महाधिवेशन प्रतिनिधी एवम् नेका गण्डकी प्रदेश सदस्य मिना केसी, महाधिवेशन प्रतिनिधी गंगाधर तिवारी, अर्का महाधिवेशन प्रतिनिधी एवम् महिला नेत्री राधाकुमारी कुवँर क्षेत्री, जिल्ला कार्य समिति सदस्य लक्ष्मी मेधासी,नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्य समितिका सभापति राजकुमार क्षेत्री, कुश्मा नगरपालिका–५ की वडा अध्यक्ष एवम् गण्डकी प्रदेशकी अधिवेशन प्रतिनिधी चित्रकला शर्मा भारती, नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्य समितिकी उपसभापति लक्ष्मी कुमारी शर्मा गौडेल, नेपाली काँग्रेस कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, नेका बिहादी गाउँपालिकाका सभापति विष्णुप्रसाद भुषाल,  नेपाली काँग्रेस जलजला गाउँपालिका–३ का पार्टी सभापति चन्द्रवहादुर केसी, नेपाली काँग्रेस पैयुँ गाउँपालिका–५ का सभापति मेघप्रसाद भुर्तेल, नेपाल दलित संघ पर्वतका सभापति एवम् गण्डकी प्रदेशका सचिव याम परिवार ‘शिव’, नेपाल शिक्षक संघ पर्वतका बरिष्ठ उपाध्याक्ष गोविन्द प्रसाद पोखरेल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सभापति जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पार्टी उपसभापति डाक्टर चुडामणि शर्मा र कार्यक्रमको संचालन पार्टी सचिवद्धय अशोक उच्चै ठकुरी र अर्का सचिव गुप्तनिधी शर्माले गर्नुभएको थियो ।
३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले एक महिने अभियान घोषणा गरेको छ ।