२७ फागुन

गोरखा । गोरखामा भतिजाको हत्या गरेको आरोपमा काका पक्राउ परेका छन् ।

गोरखा नगरपालिका–१२ छापगाउँका गोरखा नगरपालिका १२ को छापगाउँका ४६ वर्षीय काशीराम कुमालको हत्या गरेको आरोपमा उनका सहोदर काका ५९ वर्षीय सानो चाउरे भन्ने पदमबहादुर कुमाल बुधबार पक्राउ परेका हुन् ।

गएको शनिबार अर्थात फागुन २१ गते बिहान ५ः३० बजे काशीरामको शव उनकै घर छेवैमा फेला परेको थियो । शव फेला परे लगत्तै छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा फागुन २० गते राती काका भजिता सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही बेला सामान्य विवादमा काका पदमबहादुरले भजिता काशीरामलाई नजिकै रहेको दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।