२७ फागुन

पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ पर्वतले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन बिस्तार अभियान अन्तर्गत बिहिवार कुश्मा नगरपालिका–२ खुर्कोटमा अवस्थित हिमालय माध्यमिक बिद्यालयमा नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति गठन गरिएको छ । बिद्यार्थीहरुको भेलाले प्रभु रेग्मीको अध्यक्षतामा २३ सदस्य गठन गरेको छ । समितिको उपाध्यक्षमा ममता पौडेल, सुस्मीता रेग्मी, सचिवमा भुमिराज रेग्मी र पुजा रेग्मी, सहसचिवमा समुन्द्र पौडेल, भुमिराज पौडेल कोषाध्यक्षमा मोनिका गिरी लगाएत २३ सदस्य गठन गरिएको हो ।

नेपाल विद्यार्थी संघ हिमाल मा बि इकाई कार्यसमितिका अध्यक्ष बिबेक गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव गुप्तनिधी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथी नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष कमल पौडेल, नेपाली काङ्ग्रेस कुश्मा २ खुर्कोटमा पाटी सभापति तिर्थ प्रसाद शमा, नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिका सभापति अजय पोख्रेल, नेवि संघ फलेबासका सभापति सन्तोष पाठक, जिल्ला सदस्य रामचन्द्र सुवेदी र प्रेस युनियन बाग्लुङका सदस्य रामशरण पोख्रेल लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको संचालन नेबिसंघ कुश्मा नगर सचिब नोदराज रेग्मीले गर्नुभएको थियो ।