९ फागुन
पर्वत । दुवै मृर्गोला पिडितलाई क्षत्री समाज पर्वतले आर्थिक सहयोग गरेको छ । मोदि गाउंपालिका वडा न ६ तिलाहार निवासी ५० वर्षिय गणेश जिसीलाई १४ हजार ५ सय आर्थिक सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका जिसीको ३ वटा वालवच्चा रहेका छन् । जिसी वालवच्चा छाडेर डायलसीस गर्नका लागी श्रीमती सहित पर्वत अस्पताल नजिक डेरा गरी वसेका छन् । शारिरिक अवस्था कमजोर भए पछि डायलसिस गर्न तिलाहार देखी आउने जाने गर्न सम्भव नभएकाले उनि डेरा गरि वस्न वाध्य भएका हुन । उनै आर्थिक अवस्था कमजोर रहेका जिसीलाई समाजमा आवद्ध सदस्यहरुले स्तस्फुर्तरुपमा सहयोग संकलन गरि सयोग गरेका हुन ।

सहयोग रकम स्तान्तरण गर्दै समाजका अध्यक्ष कृष्ण वहादुर क्षेत्रीले समाजले आर्थिक अवस्था कमजोर भएका क्षत्रीवन्धु तथा अन्य दाजुभाईहरुलाई थोरै थोरै भए पनि मानविय सहयोग गर्दै आएको वताउनू भयो । मृगौला पिडित जिसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यो सानो आर्थिक सहयोगले उपचारमा थप सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो ।


उक्त सहयोग रकम क्षत्री समाजको म्यासेन्जर गुरुपमा अनुरोध भए वमोजिम शान्त लामिछाने १ हजार,सीता कुमारी थापा क्षत्री १ हजार ५ सय,खड् व कार्की १ हजार,कृष्ण वहादुर क्षत्री १ हजार,गणेश वहादुर क्षत्री १ हजार,ज्ञान वहादुर भण्डारी १ हजार,सुवर्ण अर्याल १ हजार,गिरी वहादुर भण्डारी १ हजार,ईन्द्रमान खत्री १ हजार,विन्दू जिसी ५ सय,ज्ञान कुमारी केसी कुवर ५ सय,मानसिंह भण्डारी ५ सय,सुस्मीता क्षत्री ५ सय,सावित्री न्यौपाने ५ सय,लक्ष्मी कुमारी वोगटी ५ सय,गोविन्द वहादुर क्षत्री ५ सय,पुर्णीमा थापा क्षत्री ५ सय,नवराज भण्डारी ५ सय,ईश्वरी पाठक ५ सय गरेर १४ हजार ५ सय संकलन भएको थियो ।
विरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्षत्री समाज गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री,सदस्य खड्क वहादुर कार्की,क्षत्री समाज पर्वतका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादुर भण्डारी,उपाध्यक्ष मानसिंह भण्डारी,सचिव गणेश वहादुर क्षत्री,कोषाध्यक्ष नवराज भण्डारी,समृद्ध वचत तथा ऋण सहकारीका कोषाध्यक्ष सुवर्ण अर्याल,ईश्वरी पाठक लगायतको उपस्थिति रहेको थियो ।


विरामीको तर्फवाट श्रीमती तिलकुमारी जि सीले थप सहयोगका लागी अनुरोध गरेकी छन् । एभरेष्ट वैक कुश्मामा रहेको खाता नं। ०३०००५०१२०५९४९ मा सहयोग रकम जम्मा गर्न सकिने जानकारी गराईन ।
क्षत्री समाजले दैविप्रकोपमा परेका र मानविय अवस्थामा अतिकमजोर भएकाहरुका लागी सहयोग गर्दै आएको छ । कोभिडको पहिलो र दोश्रो लहरमा अप्ठ्यारोमा परेका परिवारमा एक लाख वरावरको खाद्यान्न सहयोग गरेको छ भने अभिषेक रोका उपचारका लागी आर्थिक सहयोग समेत गरेको थियो ।