५ फागुन
पर्वत । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा कुश्मा वजारमा मानव अधिकार रक्षक र संचारकमीहरुका लागी अभिमुखिकरण सम्पन्न भएको छ । संचारकर्मी र मानवअधिकार रक्षकहरुका लागी आवश्यक मानविय कानुन तथा नियमहरुको वारेमा अभिमुखिकरण गरिएको थियो ।

संचारकर्मीले सुचना संकलन गर्दा र मानव अधिकार रक्षकले कार्य गर्दा अपनाउनु पर्ने विधिको वारेमा जानकारी गराईएको थियो । मानवअधिकारको वारेमा वकालत गर्दा रक्षकलाई आईपर्ने डर त्रास र धम्किको वारेमा जानकारी गराईएको थियो ।
सुचना संकलन गर्दा सुचनाको श्रोत र विश्वसीनियता वारे सचेत हुनुपर्ने संचारकर्मीलाई जानकारी गराइएको थियो ।

मानवअधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवर्धन महाशाखा प्रमुख दिपेन्द्र वहादुर सिंह,गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईले सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन मानव अधिकार संगठन पर्वतका सचिव रुद्र प्रसाद शर्माले गरेका थिए ।
पर्वत जिल्लास्थित संचारकर्मी,नागरिक समाज,गैससकर्मी सवैको उपस्थिति रहेको थियो ।









