२७ माघ
पर्वत । फलेवास नगरपालिकाले घोषणा गरेको सार्वजानिक बिदा दिने निर्णयलाई फिर्ता गरेको छ । हिजो सम्पन्न नगरसभाको उपलक्ष्यमा विदाको घोषणा गरिएको थियो । उक्त विदाको सामाजिक संजालमा सर्वत्र आलोचना भए पछि फिर्ता लिईएको छ । हिजो सुचना नै जारी गरेर घोषणा गरिएको विदा आज प्रमुख प्रशासकिय अधिकृत कृषण् प्रसाद श्रेष्ठले फेसवुकमा स्टाटस लेखेर कार्यालय खुला रहेको जानकारी गराएका छन् ।
उनले आपनो स्टाटसमा विदा फिर्ता लिएको भने उल्लेख गरेका छैनान । अतिआवश्यक कार्यका लागी फलेवास नगरभित्रका सवै कार्यालयहरु खुला रहेको जानकारी गराएका छन् । यस्ले कर्मचारीहरु तथा सर्वसाधारण नागरिक सेवा लिन जाने वा नजाने दोधारमा परेका छन् ।
स्थानिय सरकारलाई वर्षमा ५ दिन स्थानिय विदा तोक्न सक्ने कानुनी अधार भएता पनि ससाना नियमित कार्यको उपलक्ष्यमा विदा नै घोषणा गर्न थाले पछि आलोचित भएका छन् । फलेवास नगरपालिकाले दशौं नगर सभा सम्पन्न भएको उपलक्ष्यमा भनेर घोषणा गरिएको विदाले सर्वत्र आलोचना भएको थियो ।









