२५ माघ
पर्वत । नेपाली कांग्रेसका नेता नवराज गुरुङ्गकी स्वर्गिय माता राधादेवी गुरुङ्ग र स्वर्गिय पिता चन्द्र वहादुर गुरुङ्गको स्मृतिमा स्थापित राधा चन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित १४औं स्मृती दिवस सोमवार कुश्मा नगरपालिका, दुर्लुङ्गमा सम्पन्न भएको छ ।
चौंधौं स्मृति दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति र समाज विकासमा ऐतिहासिक योगदान गरेका व्यक्तिहरुको स्मृतीमा प्रतिष्ठान स्थापना गरी सामाजिक क्षेत्रमा काम गर्नु सह्रानीय रहेको वताउनु भयो । उहाँले राजनीति प्रसङ्गमा वर्तमान गठवन्धन सरकार सत्ताको लागि नभै देश विकास र समृद्धीको लागि गठन भएको भन्दै सोही भावना अनुरुप वर्तमान सरकारले केन्द्र देखि प्रदेशसम्म काम गर्दै आएको वताउनु भयो ।

मुख्यममन्त्री पोखरेलले पाटीको नीति अनुरुप आँफु प्रदेश सरकारमा आए पश्चात गण्डकी प्रदेशको पुर्वाधार विकास तथा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेको वताउनु छ । मुख्य मन्त्री पोखरेलले मृगौला पिडितका लागि निशुल्क डायलोसिस सेवा, पाठेघरका क्यान्सर रोगीको लागि निशुल्क स्वास्थ्य उपचार गर्ने प्रदेश सरकारको उल्लेखनीय कार्य भएको वताउनु भयो । कार्यक्रममा संघिय सांसद लालकाजी गुरुङ्ग, संविधानसभा सदस्य अर्जुन प्रसाद जोशी, गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, ललितकला गुरुङ्ग, कुश्मा नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरप्रमुख पदमपाणी शर्मा, जलजला गाँउपालिका अध्यक्ष रामकृष्ण मल्ल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसै गरी शुभकामना मन्तव्य राख्नुहुनेमा नेपाली कांग्रेसका निवर्तमान सभापति खिम प्रसाद भुषाल, उपसभापतिद्वय चुडामणी शर्मा, शिव प्रसाद सुवेदी, सम्मानित व्यक्तित्व नेपाली कांग्रेस पर्वतका पुर्व सचिव विश्व प्रकाश प्रसाई, नेकपा माओवादीका सचिवालय सदस्य शंकर गिरी, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, राष्टिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रभु गुरुङ्ग, लोकनाथ आचार्य, महाधिवेशन प्रतिनिधी कुल प्रसाद उपाध्याय, प्रतिष्ठानका संयोजक शंकर गुरुङ्ग लगायत हुनुहुन्छ ।
कार्यक्रममा दुर्लुङ्ग स्थित दुई उच्च माध्यामिक विद्यालयवाट जोड दुईमा उत्कृष्ठ अंक ल्याउने छात्रा छात्रलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने केही दिर्घरोगीहरुलाई आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष लेख वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहसचिव प्रितम गुरुङ्गको स्वागत, प्रमुख संरक्षक नवराज गुरुङ्गको धन्यवाद एवम् सचिव उत्तम प्रसाद अधिकारीको स्वागतमा सम्पन्न भएको छ ।
यसै गरी नगरको समृद्धि र शुसासन प्रवद्र्धनमा विशेष योगदान पु-याए वापत कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी,फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र जलजला गाँउपालिकाका अध्यक्ष याम वहादुर मल्ललाई पनि प्रतिष्ठानले सम्मान गरेको छ । जोशी नेपाली कांग्रेस गण्डकी प्रदेशको सहमहामन्त्री, शर्मा नेकपा एमाले पर्वतको उपाध्यक्ष र मल्ल नेपाली कांग्रेस पर्वतका निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ ।
नेष्डो नेपाल, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,रोटरी क्लव अफ पर्वत लगायत दर्जनौ सामाजिक संघसंस्थाकृयाशिल विश्व प्रकाश प्रसाईलाई पनि सम्मान गरिएको छ ।
प्रतिष्ठानले उद्योगी व्यापरी मध्येवाट सितल डेरी उद्योगका प्रोपराईटर शिव शर्मा पौडेललाई सम्मान गरेको छ । यसै गरी प्रतिष्ठानले आजीवन प्रजातान्त्रिक आन्दोलनमा समर्पित सामाजिक अगुवा लोकनाथ आचार्य, साविकको दुर्लुङ्ग गाविसका अध्यक्ष एवम् समाजसेवी चन्द्र वहादुर क्षेत्री र कुनपा–३ का कांग्रेसका दण्डपाणी शर्मालाई पनि सम्मान गरेको छ ।
सम्मानको क्रममा प्रतिष्ठानले पर्वत जिल्लामा रही कलम चलाउदै आउनु भएका दुई सञ्चारकर्मीलाई पनि सम्मान गरेको छ । नेपाल प्रेस युनिएनका केन्द्रिय सदस्य अगन्धर तिवारी र पर्वत शाखाका उपाध्यक्ष ठाकुर रसाईलीलाई क्रियाशिल सञ्चारकर्मीहरु मध्येवाट सम्मान गरिएको हो । सम्मानित सवै व्यक्तित्वहरुलाई प्रमुख अतिथि कृष्णचन्द्र नेपाली पोखरेल, संघिय शांसद लालकाजी गुरुङ्ग, संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी र प्रमुख संरक्षक नवराज गुरुङ्गले सम्मापत्रको साथ दोसल्ला, खादा र टिकाले सम्मान गर्नु भएको थियो ।









