१८ माघ
पर्वत। पर्वत फलेवास शंकरपोखरीका शिव अधिकारी यसपाली आलु खेती फस्टाएको देख्दा प्रफुल्ल थिए । उनले घरायासी प्रयोजनका लागि २० केजी आलु लगाएका थिए । फलेवास नगरपालिका–३ शंकरपोखरी मल्याङदी खोलामा लगाईएको आलुवाट राम्रो उत्पादन हुनेमा उनी ढुक्क थिए । तर, पछिल्लो समय बाँदर र दुम्सी लगायतका जंगली जनावरको आतंकले उनको खुशी धेरै दिन टिक्न सकेन ।
आलु खेतीमा जंगली जनावार पसेर अनावश्यक रुपमा दुःख दिनथालेपछि अहिले उनी तनावमा छन् । बाँदर र दुम्सीले बस्न खाना दिएनन्, अधिकारीले भने,‘दिउँसो बाँदर र राती दुम्सीको आतंक छ, बाँदरहरुले आलुको बोट उखालेर फाल्दीने गरेको छ भने दुम्सीले आलु खाएर हैरान पारेको गुनासो गरे ।,’ तिवारी र अधिकारी मात्रा होईन बाँदर र दुम्सीका कारण सो क्षेत्रका अधिकाँश किसान अहिले समस्यामा छन् । बाँदर र दुम्सीले किसानले लगाएको आलु खेतीमा मात्रा होईन अन्य तरकारी खेती समेत नष्ट गरिदिएको छ ।
अहिले पर्वत जिल्लाका अधिकाँश ठाउँमा बाँदर आतंक छ । राष्ट्रिय समस्याका रुपमा रहेको बाँदर आतंकले किसानहरु मर्कामा परेका छन् । बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले हार स्वीकारेको अवस्था छ । त्यस माथि दुम्सी लगायतका जंगली जनावरले दुःख दिन थालेपछि किसानहरु थप समस्यामा परेको बताउँछन् । कुश्मा नगरपालिका–१० पीपलटारीका रामवहादुर क्षेत्रीले पनि घरायसी प्रयोजनका लागि लगाएको २५ केजी आलुका बोट बाँदर र दुम्सीले सत्यनाश पारेको बताउँछन् । दुःख गरेर लगाएको खेती राम्रो सँग खाना पाँईदैन, उनले भने,‘लगाएको खेती बाँदर र दुम्सीका लागि ठिक्क हुन्छ ।
आलु खेतीको पकेट क्षेत्र मानिने जिल्लाको जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्क लगायतका वडामा लगाएको आलु खेतीमा पनि बाँदर र दुम्सीको मुख्य समस्या छ । जिल्लाको उच्च पहाडी भेगमा पर्ने ती वडाका मुख्य बाली आलु खेती हो । मुख्य बालीनैै जंगली जनवारको आक्रमंणले सखाप पर्न थालेपछि कृषहरु चिन्तित छन् । दिउँदे खेतीका लागि उपयुक्त ठाउँ मानिने जिल्लाको फलेवास नगरपालिकामा पनि बाँदर र दुम्सीको आतंकले किसानहरुले लगाएको आलु खेती फस्टाउन नसकेको किसानहरु बताउँछन् । गत बर्ष आलुखेतीवाट १० करोड रुपैयाँ भित्राएको महाशिला गाउँपालिका–२ भोक्सिङका किसानहरु पनि जंगली जनावरका कारण हैरान छन् ।








