९ माघ
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटको कालिका माध्यामिक विद्यालयको धनधान्यचल कोष परिचालन समितिको ७ औ अधिवेशन तथा १८ औ साधारण सभा सम्पन्न भएको छ । उक्त अधिवेशनले अध्यक्षमा गणेश वहादुर क्षत्रीलाई चयन गरेको छ । ३ वर्षे कार्यकाल रहेको उक्त समितिमा कोषाध्यक्ष हरि प्रसाद रेग्मी सदस्यहरू श्रषिराम सुबेदी,राजु प्रसाद शर्मा।विद्या सुबेदी र कुल वहादुर क्षेत्री रहेका छन् । ऋण सिफारीस समितिको संयोजकमा कालिका प्रसाद शर्मा चयन भएका छन् ।

उक् अधिवेशन तथा साधारण सभामा कोषाध्यक्ष गुप्तनिधि शर्माले १ करोड १४ लाखको आयव्याय विवरण पेश गरेका थिए । २०६१ सालमा सम्पन्न धनधान्यचल वाट ३२ लाख रकम संकलन भएको थियो । उक्त रकममा खर्च कटाएर वांकी २६ लाख रुपैया वचत भएको थियो । वचत २६ लाख रकमलाई कोष परिचालन समितिले संचालन गर्दै जांदा वृद्धि भएको छ । विद्यालयको भौतिक तथा गुणस्तर सुधारमा केहि रकम समितिले खर्च पनि गरेको छ ।
अधिवेशनमा सदस्यहरू तिर्थ प्रसाद शर्मा,महेश्रर शर्मा,शिक्षक देबराज पौडेल,ऋषिराम सुवेदी,गणेश बहादुर क्षेत्री लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

कोष परिचालन समितिका अध्यक्ष राम बहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रधानध्यापक वाबुराम उपाध्याय र स्वागत सदस्य कालिका प्रसाद शर्माले गरेका थिए ।
उक्त कोष २०६१ सालमा आयोजक सदस्य ५ सय १८ जना वाट शुरुआत भएको थियो । कालिका मा वि मा २२७ जना विद्यार्थी रहेका छन् भने शिक्षक संख्या १६ जना रहेका छन् ।
विद्यालयको भौतिक निर्माणका कार्यहरु विस्तारै शुरु भएका छन् भने विद्यालयमा,खानेपानीको व्यवस्था र तारवार सहितको पर्खाल निर्माण गर्नुपर्ने देखिन्छ ।








