४ माघ
नेपालमा मंगलबार एकै दिन १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या तेस्रो लहर यताको सबैभन्दा बढी हो। २२ हजार ८२८ जनाको परीक्षण गर्दा करिब ४९ प्रतिशतमा कोरोना पाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८७३० जना र एन्टिजेन विधिबाट १५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर विधिबाट १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४९ सय ५६ नमुना परीक्षण गरिएको थियो।
