२ माघ
पर्वत । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं. २ ले नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश समितिमा सहमहामन्त्री तथा ुकश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले अव पर्वत कांग्रेसका मञ्चहरुमा एकअर्कालाई आरोप प्रतिआरोप गर्ने कार्य वन्द भएको वताउनू भयो । हिजोका मञ्चहरु तेस्तो रुपमा प्रयोग भए कार्यकर्ताहरु उत्साहवोकेर कार्यक्रममा आउने तर मन्चमा वस्नेहरुले नै एकअर्का विच घोचपेच गरेर कार्यकर्तालाई निरुत्साहित वनाएर पठाउने गरेको तितो यथार्थ रहेको वताउदै अव पर्वत कांग्रेसको वागडोर युवाहरुको हातमा आएकाले त्यस्तो नहुने वताउनू भयो । पार्टीको आन्तरिक चुनावमा समुह खडागरेर चुनाव लडेता पनि अव उक्त समुह उपसमुह नरहेको वताउनू भयो । आफु सहमहामन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक अमृत प्रसाद जोशी जन्मेको पवित्रभुमी खुर्कोटमा सम्मानितहुन पाउदा हर्षित भएको वताउनू भयो ।


कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस पर्वतका सभापती युवराज जोशीले पर्वत कांग्रेसमा आफुलाई भारी मतका साथ विजय गराउनु भएकाले अव मेरो काम तपाईहरुको सेवामा निरन्तर लागेर कार्य गरि देखाउने वेला आएको वताउनू भयो । राजनिति सेवा भएकाले यहा सवैले दिनआएको वताउदै आर्थिक उपार्जनगर्नका लागी व्यापार व्यवसाय गर्नुपर्ने वताउनू भयो । अव पर्वतका कांग्रेसहरु नया उत्साह र जोशका साथ आउदै गरेको स्थानिय,प्रदेश र संघिय चुनावको तयारीमा लाग्नुपर्ने धारणा राख्नू भयो । पहिलो पटक स्वर्गिय पिता अमृत प्रसाद जोशीको जन्मभुमीमा सम्मानित हुने अवसर पाएकोमा खुशी लागेको वताउनू भयो ।


कार्यक्रममा गण्डकी प्रदेश कार्य समितिका सदस्य तथा कुश्मा नगरका उप मेयर सीता काप्ले लामिछानेले पार्टीको आन्तरीक चुनावमा कोहि विजेता र कोहि उपविजेता भएका छौं । विजेताहरुले उपविजेताहरुलाई सगै साथमा लिएर हिड्ने वातारण वनाउनू पर्ने वताउनू भयो । पार्टीको आन्तरीक निर्वाचन सकिएकाले अव एकभएर आउदैगरेको निर्वाचनमा लाग्नुपर्ने धारणा राख्नू भयो ।


कार्यक्रममा गण्डकी प्रदेश कार्य समितिका सदस्य मिना के सी,जित वहादुर नेपाली,नेपाली कांग्रेस पर्वतका उपसभापती डा चुडामणी शर्मा,शिव प्रसाद सुवेदी,सचिव गुप्तनिधि शर्मा,अशोक उचाई ठकुरी,गण्डकी प्रदेश पर्वत क का सभापती राजकुमार क्षेत्री,कुश्मा नगरसमितिका सभापती किशोर भण्डारी, लोकतान्त्रीक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,शिक्षक संघका जिल्ला सचिव यज्ञ प्रसाद वास्तोला,शिक्षक युनियनका पूर्व सचिव तथा ट्रेडयुनिय कांग्रेसका सल्लाहकार वालकृष्ण वास्तोला,नेपाली कांग्रेस जिल्ला कार्य समितिका निवर्तमान सदस्य सरस्वती शर्मा जिज्ञाशु,दलित संघका सहसचिव सन्तोष वि क,नेविसंघका जिल्ला सदस्य विवेक गिरी, महिला संघका वडासभापती भगवती पौडेल,नवप्रवेशी मन वहादुर नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा गण्डकी प्रदेश समितिका सह महामन्त्री रामचन्द्रजोशी,नेपाली कांग्रेस पर्वतका पार्टी सभापती युवराज जोशी,गण्डकी प्रदेश समितिका सदस्य सीता काप्ले लामिछाने,मिना के सी,जित वहादुर नेपाली,नेपाली कांग्रेस पर्वतका उपसभापती डा चुडामणी शर्मा,शिव प्रसाद सुवेदी,सचिव गुप्तनिधि शर्मा,अशोक उचै ठकुरी,सहसचिव अच्यूत तिवारी,जिल्ला कार्य समिति सदस्य शान्ति शर्मा कुमाल,गण्डकी प्रदेश पर्वत क का सभापती राजकुमार क्षेत्री,गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि कालिभक्त शर्मा,तेजराज वास्तोला,कुश्मा नगर समितिका सभापती किशोर भण्डारी,कुश्मा नगर समितिका सदस्यहरु यदुनाथ शर्मा वास्तोला,लेखनाथ चालिसे,डिल्लीराम शर्मा,नारायण गिरी,ईन्दिरा शर्मा,महिला संघका वडासभापती भगवती पौडेल लाई खादा,माला र अविर लगाएर नेपाली कांग्रेस कुश्मा नगर वडा नं. २ खुर्कोटका सभापती तिर्थ प्रसाद शर्माले सम्मान तथा सफल कार्यकालका लागी शुभकामना व्यक्त गर्नु भएको थियो ।


उक्त वधाई तथा शुभकामना कार्यक्रममा नेकपा एमाले परित्याग गरी ११ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

साविक खुर्कोट ८ वाट दालगिरी,साविक ७ वाट थम दर्जि,शिव दर्जी,पुतली दर्जि,साविक २ वाट मन वहादुर नेपाली,जायश्रवर लम्साल,प्रेम वहादुर नेपाली,साविक ३ वाट कुलदिप रेग्मी,खेमपती रेग्मी,कृष्ण प्रसाद रेग्मी,धु्रव पौडेल रहेका छन् । नव प्रवेशीहरुलाई नेपाली काग्रेसका सहमहान्त्री राचन्द्रजोशी र पार्टी सभापती युवाज जोशीले स्वागत गर्नुभएको थियो ।


उक्त कार्यक्रको अध्यक्षता नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका सभापती तिर्थ प्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रममा स्वागत उपसभापती हरि प्रसाद उपाध्याय रेग्मी र संचालन सचिव गोविन्द प्रसाद रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा टोलकार्यसमितिका सभापती,सदस्यहरु र कृयाशिलसदस्यहरुको उपस्थिति रहेको थियो ।