२७ पुस

पर्वत । नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
जिल्ला नेतृत्वका लागि आधा दर्जन भन्दा धेरै आकाङ्क्षी देखिएकाले ४ दिन सम्म सम्मेलन लम्बिएको थियो। जिल्ला अध्यक्ष पदमा वर्तमान सचिव पदमपाणी शर्मा, प्रदेश कमिटी सदस्य राजु पौडेल, कार्यवाहक अध्यक्ष भक्त कुँवर, उपसचिव गोविन्द पहाडी र प्रदेश कमिटी सदस्य देवेन्द्रराज पाण्डेले दाबी गरेका थिए ।
अन्तिम अवस्थामा अन्य नेताहरु अध्यक्ष पदको दावेदारवाट पछि हटेपनि भक्त कुवँर र राजु पौडेल बिच को हुने भन्नेमा टकराप थियो । कुवँरलाई कुनै पनि हालतमा अध्यक्षमा स्वीकार गर्न नसकेकीने अभिव्यक्ति दिँदै आएका नेताहरुले अधिवेशनको समयमा एकाएक कुवँरको पक्षमा महोल देखेपछि सर्वसहमतीमा नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मन्डल निर्माण गरे । अध्यक्ष मण्डलमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाई , केन्द्रीय सदस्य तथा सहइन्चार्ज सांसद पदम गिरी , नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी , प्रदेश कमिटि सचिवालय सदस्य मनोहर वि पौडेल र मेघनाथ सुवेदी रहेका थिए ।
तत्कालीन अवस्थामा नेकपा एमाले फुटको संघारमा हुँदा माधव समुह निटक मानिने पौडेललाई पार्टी विभाजन सँगै नेकपा एमाले पर्वतको अध्यक्ष बनाउने सहमतीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र विकास लम्साल लगायतका नेताहरुले ओली नेतृत्वको एमालेमै रहन आग्रह गरेका थिए । त्यस समय पौडेललाई वर्तमान अध्यक्ष पदम गिरीले अध्यक्ष पद स्वीकार नगरेपछि उनी मौन बसेका थिए । यता भक्त कुवँर पार्टी विभाजन सँगै तत्कालीन अवस्थामा माधव समुहमा लागेका थिए । पछि ओली नेतृत्वको एमालेमा आएका कुँवरलाई आठौँ अधिवेशनमा कार्यकर्ताले स्वीकार गरेपनि नेतृत्वले स्वीकार नगरेको एक नेताले बताए । ‘माधवकुमार नेपालको पछि लागेकै कारण कुवर एमालेको कुनै पनि जिम्मेवारी नपाइ किकआउट भएका छन । उनलाई अध्यक्ष हुनबाट रोकियो भने अन्य कुनै जिम्मेवारी समेत दिइएन ।
अध्यक्षमा चयन भएका पौडेल यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य बनेका थिए भने महाशिला गाउँपालिकाका अध्यक्ष समेत हुन । उनी आठौँ अधिवेशनमा पदम गिरिसँग झिनो मतले पराजित भएका थिए । त्यसै गरी उपाध्यक्षमा फलेवास नगरपालिकाका प्रमुख एवं हालका जिल्ला सचिव पदम पाणी शर्मा, सचिवमा गोविन्द पहाडी,सहसचिवमा शिव पौडेल र विमल लामिछाने निर्वाचित भएका छन् । पर्वत जिल्ला कार्यसमितिका ९० जना पदाधिकारी र सदस्य नै सर्वसम्मत चयन गरिएको निर्वाचन कमिटीले जनाएको छ ।