२६ पुस
पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका–८ चुवाले पार्टी कार्यालय संचालनमा ल्याएको छ । पार्टीका गतिविधीलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि कार्यालय संचालनमा बताईएको छ । भाडाको घरमा मासिक शुल्क तिर्ने गरी कार्यालय संचालनमा ल्याएको नेपाली काँग्रेस चुवाका सभापति लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
कार्यालयको नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् संविधान सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेस आगामी स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा जुटिसकेको बाउनु भएको छ । भर्खर आन्तरिक निर्वाचन सकेर काँग्रेस तिनै तहको निर्वाचन जित्नेगरी टोलटोलमा संगठन विस्तारमा जुटेको बताउनु भयो ।

उहाँले १४ औँ महाधिवेशनमा विभिन्न समुहमा विभाजन भएर निर्वाचन लडेपनि निर्वाचनको परिणामपछि सवैजना एकतावद्ध भएर काँग्रेसलाई जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
आन्तरिक निर्वाचनमा होमिएको काँग्रेस अव सक्कली दुश्मन सँगै भिड्ने तयारीमा रहेकाले निर्वाचनमा कुनै पनि तुसहरुलाई पाल्न नहुने बताउनु भयो । काँग्रेस सत्तामा नुहँदा मुलुकमा बेतिथी, भष्ट्राचार, बलात्कार जस्ता जघंन्य काण्डैकाण्डका घटना घटेको बताउँदै काँग्रेस नेता जोशीले कम्युनिष्टहरुका कारण मुलुक गम्भीर संकटमा पर्नसक्ने खतरावाट बचेको बताउनु भयो ।

उहाँले काँग्रेस नेताहरुलाई दम्भ, घमण्ड, तितृता छोडेर जनताको सेवामा लाग्न सुझाव दिनुभयो । काँग्रेसले विगतमा गरेको गल्ती सच्चाएर जनताको घरदैलोमा पुग्नुपर्ने धारण राख्नुभयो । ‘अव ढुक्क हुनुहोस्, स्थानीय तहको निर्वाचन नजिकिँदै छ, जनताहरु काँग्रेसलाई भोट हाल्न आतुर छन् । कम्युनिष्टहरुको ज्यादती देखेर जनताले वडावाटै काँग्रेस रोज्नेछन् ।,’नेता जोशीले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जोशीले जनताले काँग्रेसलाई खोजीरहेका बेला काँग्रेस एकढिक्का भएर जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाकी उपप्रमुख एवम् नेपाली काँग्रेस गण्डकी प्रदेशकी सदस्य सिताकाफ्ले लामिछानेले, नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चुडामणि शर्मा , नेपाली काँग्रेसका नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, नेपाली काँग्रेस प्रदेश सभा क का क्षेत्रीय कार्य समितिका सभापति राजकुमार क्षेत्री, नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष एवम् नेपाली काँग्रेसका प्रदेश प्रतिनिधी सुरेन्द्र केसी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य कुलप्रसाद आचार्य, नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष अर्जुन चापागाई, नेपाल सरकारका सहसचिव चण्डीका पौडेल, नेपाली काँग्रेस चुवाका निर्वतमान सभापति देवीप्रसाद पोख्रेल, स्वर्गिय निलकण्ठ पौडेलकी धर्मपत्नी सुजन पौडेल लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस चुवाका वडा सभापति लक्ष्मण पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मनतव्य चुवाका उपसभापति अजय पौडेल र कार्यक्रमको संचालन सचिव ज्ञानेन्द्र केसीले गर्नुभएको थियो ।








