२३ पुस
पर्वत।पर्वत जिल्लाका सामजिक एवम् राजनीतिक क्षेत्रका अगुवा स्वर्गीय अमृतप्रसाद जोशीको १५ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा पर्वत जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठान नेपालले जिल्ला अस्पताल पर्वतमा उपचाररत १३ जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।

स्वास्थ्य लाभको कामना सहित बिरामीहरुलाई फलफुल, दुध र हर्लेक्स वितरण गरिएको प्रतिष्ठानका सल्लाहकार एवम् फलफुल वितरण कार्यक्रमका संयोजक कमलनाथ शर्माले जानकारी दिनुभयो । फलफुल वितरण तथा जिल्लाका उच्च पदस्थ व्यक्तिको भेटघाटवाट अस्पतालका विरामीहरुको आत्मविश्वास बढाउन प्रेरण मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

फलफुल वितरण कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी, नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेसका सभापति युवराज जोशी लगायत विभिन्न राजनितिज्ञ, सामजिक, बौद्धिक एवम् जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव माधव पौडेलले गर्नुभएको थियो ।