१४ पुस
पर्वत । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा न २ वडा समितिको नियमित वैठक सम्पन्न भएको छ । वडा अधिवेशन पश्चात वसेको वैठकले वडा नं. २ खुर्कोटमा संगठन विस्तारका लागी विभिन्न निर्णयहरु गरेको छ ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा निर्वाचित विभिन्न पदाधिकारीहरुलाई शुभकामना,वधाई तथा सम्मान गर्ने निर्णय गरेको छ । वधाई तथा सम्मान ग्रहणका लागी गण्डकी प्रदेश समितिमा निर्वाचित सह महामन्त्री रामचन्द्र जोशी,सदस्यहरु सीता काप्ले लामिछाने,मिना केसी,जित वहादुर नेपाली,रमेश शर्मा, पर्वत जिल्ला सभापती युवराज जोशी लगायत पदाधिकारीहरु,प्रदेश क का सभापती राज कुमार क्षत्री,कुश्मा नगर सभापती किशोर भण्डारी लगायत वडा नं. २ खुर्कोट वाट निर्वाचित पदाधिकारी सदस्यहरुलाई आमन्त्रण गर्ने भएको छ ।
उक्त वधाई तथा सम्मान कार्यक्रम माघ १ गते वडा न २ को लाम्पाटचौरमा सम्पन्न गर्ने वडा सभापती तिर्थ प्रसाद शर्माले
जानकारी दिए ।
त्यसै गरी वडा समितिको कोषाध्यक्षमा रेणु जोशी खड्कालाई मनोनित गरेको छ । वडा समतिलाई पुर्णता दिने र टोल समिति गठन गर्ने कार्य आगामी वैठकमा छलफल गर्ने भएको छ । मतदाता नामावलीमा नाम छुट भएका नागरिकहरुलाई पुस २० सम्म नामदर्ताका लागी सचेतना गर्ने, २१ पुसमा वडा न २ मा महिला संघ गठन गर्ने समितिका सचिव गोविन्द रेग्मीले जानकारी दिए ।
आज सम्पन्न वैठकको अध्यक्षता पार्टि सभापती तिर्थ प्रसाद शर्मा र संचालन सचिव द्धय पदम प्रसाद वास्तोला र गोविन्द रेग्मीले गरेका थिए । उक्त वैठकमा वडा समितका पदाधिकारी,सदस्यहरु,क्षेत्रिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








