१० पुस

काठमाडौं । १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित समारोहमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

अहिले केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरिरहेका छन्। मंसिर २४ देखि २७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। १४औं महाधिवेशनबाट नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्दैछ।

कांग्रेस विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य बन्छन्। विधानअनुसार अब सभापति देउवाले कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्न पाउनेछन्। त्यससँगै केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुनेछ।