८ पुस
भूकम्पपछि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६ वर्षको कार्यकाल सकिएको छ । २०७२ सालको भूकम्पले क्षति गरेका संरचना र प्रभावितलाई छानो दिन गठन गरिएको प्राधिकरणले आफ्नो कार्यकाल पुरा गरेर बिहीबार जिम्मेवारी हस्तान्तरण गरेको छ ।
प्राधिकरणले सिंहदरबारमा औपचारिक कार्यक्रम गरेर गृहमन्त्री बालकृष्ण खाणमार्फत आफ्नो जिम्मेवारी सहरी विकास मन्त्रालय र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । पुनर्निर्माण प्राधिकरणले २०७२ पुस १० बाट काम थालेको थियो ।
गृहमन्त्री बालकृष्ण खाणले प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा महत्वपूर्ण काम गरेको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन कार्यक्रमलाई सम्बोधन गर्दै खाणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको बताए ।
६ वर्षे कार्यकालमा भूकम्पले क्षति गरेका संरचना निर्माणमा महत्वपूर्ण कार्य सम्पादन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ,’ खाणले भने– ‘प्राधिकरणको काम यस सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञलाई पनि काम लाग्छ ।








