१३ मंसीर

नेकपा एमालेका सांसद एंव पूर्वमन्त्री लालबाबुल पण्डितले एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्।

सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेका हुन्।

पण्डितले लेखेका छन्- आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।

उनले आफू पदाधिकारीको दाबेदार भए पनि ओलीले केन्द्रीय कमिटीमा मात्रै राखेकाले असन्तुष्टि जनाएका हुन्।