२८ कार्तिक

पर्वत । कुश्मा नगरपालिका ७ मा नेपाली काङ्ग्रेसको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस वडा कार्यसमितिले कृयाशिल सदस्य स्वर्गिय साबित्रि पुरीको निधनको शोकमा श्रद्धाञ्जली सभा गरेको हो ।

स्वर्गिय पुरी नेपाली काङ्ग्रेस पर्वतका जिल्ला सदस्य एबम कुश्मा नगरपालिका ७ का वडासदस्य पर्शुराम पुरीका आमा हुनुहुन्छ ।
उहाँको कार्तिक २२ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै काङ्ग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टि राजनितिमा स्वर्गिय साबित्रि र उहाँको परिवारमा उच्च राजनितिक संस्कार रहेको बताउनुभयो । उहाले शोक लाई शक्तिमा बदलेर संगठन निर्माण, जनसेवा र समाजसेवामा जुट्नुपर्ने सुझाव दिनुभयो ।

जिल्ला सभापति खिमप्रसाद भुसाल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने लगायतले शोक मन्तव्य ब्यक्त गर्नु भएको थियो । । वडा सभापति खेमनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सदस्य योगराज गिरि बद्रीले गर्नुभएको थियो ।
उक्त शोक सभामा नेपाली कांग्रेसका नेता कार्यकर्ता र शुभेक्षुकहरुको उपस्थिति रहेको थियो ।