कार्तिक-३

हुम्ला । वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको ज्यान गएको छ । भने २ जना बेपत्ता भएका छन ।खर्पेलगाउँ स्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति माथीबाट खसेको पहिरोले घर पुरीदा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका थिए ।

घरपछाडिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका मध्ये कलबहादुर शाही उनकी श्रीमती आसा शाही, ५ र ३ बर्षिया २ छोरा सहित ४ जनाको ज्यान गएको र धनबिरे शाही र १४ बर्षको छोरा अलेन्द्र शाहीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएस पी हेरम्ब शर्माले बताए ।

रातिको समय भएकाले उद्धारमा कठिनाइ भएकोमा अहिले संयुक्त सुरक्षा टोलील उद्धार गर्दा ४ जना मृत अबस्थामा भेटीएको र २ जनाको खोजी भईरहेको डिएसपी शर्माले बताए । घर पुरिदा घरसंगै पुरीएका ६ जना मध्ये ४ जना मृतक अबस्थामा फेला परेका र २ जना अझै बेपत्ता भएकाले खोजी कार्य जारी रहेको छ भने पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई जिबितै उद्धार गरिएको डिएसपी शर्माले बताए ।