२३ असोज
पर्वत । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वाहौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्ला भरी कार्य क्षेत्र रहेको उक्त सहकारीको स्थापना २०५६ सालमा साविकको मुडिकुवा गा वि स मा भएको थियो ।
आज कुश्मा वजारमा सम्पन्न भएको वाह्रौ साधारण सभामा वोल्दै कुश्मा नगरपालिकाका उप प्रमूख सीता काफ्ले लामिछानेले सहकारीले शेयर सदस्यहरुलाई उचित खालको वोनस वितरण गर्दै विभिन्न खालका सामाजिक कार्य गर्दै आएकोमा प्रशंसा गर्नु भयो । सहकारीले सहुलियत दरमा शेयर सदस्यहरुका विचमा ऋणको कारोवार गर्ने गरेको, ससानो पुजिंलाई संगठित गरि आय आर्जनमा लगानी गरेको संस्थाको प्रगती प्रतिवेदनले देखाएको वताउनू भयो । आगामी दिनमा सामुदायिक सेवा कोषमा रकम वृद्धि गर्दै नाफा मात्रै वितरण नगरि थप मानविय सेवामा लाग्न सुझाव दिनुभयो । स्थानिय सरकारले सहकारीलाई दर्ता गरि क्षमता विकासका विभिन्न तालिमहरु संचालन गरेको तथा समय समयमा अनुगमन समेत गर्ने गरेको जानकारी गराउनु भयो ।


उक्त साधारण सभामा सहकारीको आव ०७७/०७८ वार्षिक प्रगती र आव ०७८/७९ को निति तथा कार्यक्रम संस्थाका अध्यक्ष गणेश वहादुर क्षेत्रीले र आव ०७७/०७८ को यथार्थ र आ व २०७८/२०७९ को अनूमानित आय व्यायको प्रतिवेदन सहकारीका सदस्य पृथ्वी नारायण शर्माले पेश गर्नु भएको थियो । त्यसै गरि सहकारीको लेखा समितिका संयोजक ओम प्रसाद गौडेलले लेखा समितिको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।


कार्यक्रममा शेयर सदस्यको तर्फ वाट मान कुमारी गिरी र गुप्तनिधि शर्माले शुभकामना मन्तव्य राख्नूभएको थियो ।
सहकारीको अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समितिका सदस्य दिलिप गौडेलले र संचालन सदस्य मुना शर्मा लामिछानेले गर्नुभएको थियो ।


उक्त साधारण सभाले १३ करोड ९३ लाख २७ हजार ३ सय ९५ रुपैयाको चालु आर्थिक वर्षका लागी अनुमानित वजेट तथा निति कार्यक्रम पारित गरेको सहकारीका सदस्य पृथ्वीनारायण शर्माले जानकारी दिनुभयो ।
सामुदायिक सेवा कोष वाट अति विपन्न फलेवास नगरपालिका चिर्दीखोला निवासी माया नेपालीको परिवारलाई रु १० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।
उक्त सहकारीका ५७० जना शेयर सदस्यहरु आवद्ध भएका छन् । ३ करोड ६ लाख ५७ हजार १ सय शेयर रहेको उक्त सहकारीमा २ करोड २२ लाख ३२ हजार ९ सय ७७ रुपैया वचत रहको छ । कुल लगानी ५ करोड ५० हजार ४ सय २२ रुपैया रहेको सहकारीका अध्यक्ष गणेश वहादुर क्षेत्रीले जानकारी दिनुभयो ।