२१ असोज
पर्वत । क्षत्री समाज पर्वतले क्षत्री दिवश २०७८ मनाउने कार्य सम्पन्न गरेको छ । क्षत्री समाज पर्वतको सभाहलमा सम्पन्न कार्यक्रममा जलजला गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र वहादुर क्षेत्री,मोदी गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान वहादुर क्षत्री र नेपाली कांग्रेस कुश्मा नगरका नवनिर्वाचित सभापती समाजका वरिष्ठ चन्ददाता किशोर भण्डारीलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम समेत सम्पन्न भएको छ ।


देश व्यापी रुपमा क्षत्री समाजले आजको दिनलाई क्षत्री दिवशको रुपमा मनाउने निर्णय गरेको थियो ।सोह िवमोजिम पर्वत जिल्लामा पनि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कृष्ण वहादुर क्षेत्रीले जानकारी दिनुभयो ।


कार्यक्रममा जलजला गाउंपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र वहादुर क्षत्रीले अरु जातिय समाज भन्दा क्षत्री समाज भिन्न समाज रहेको वताउनू भयो । यस्ले जातिय सदभाव कायम गर्ने,राष्ट्रिय अखण्डताको विषय र देशको समिानाको रक्षाका लागी आवाज उठाउने समाज भएकाले पनि यस्को ठुलो महत्व रहेको वताउदै समाजलाई विपन्न परिवारको विचमा पुयाउनुपर्नेमा जोडदिनु भयो ।


त्यसै गरि मोदि गाउंपालिकाका प्रशासकिय अधिकृत किसान वहादुर क्षेत्रीले क्षत्री समाज जातिय एकताका लागी स्थापना भएता पनि यस्ले सवै जातजातिको सद्भाव र एकताको आवाज उठाउने गरेको वताउनू भयो । यो मुलुक निर्माण गर्न क्षत्री समाजको महत्वपूर्ण भुमिका भएको स्मरण गर्नु भयो । विपन्न क्षत्रीहरुलई पनि सकरात्मक विभेदको नियम लागू गर्दे अन्य जाति सरह आरक्षणमा राख्नका लागी पहल गर्नुपर्ने वताउनू भयो ।


कार्यक्रममा दुवै जना प्रशासकिय अधिकृतले समाजले गरेको सवगत र सम्मानका लागी धन्यवाद ज्ञापन गनुभएको थियो ।
उक्त कार्यक्रममा क्षत्री समाजका सल्लाहकार वसन्त वहादुर सि के,वरिष्ठ चन्दादाता,नेपाली कांग्रेस कुश्मा नगर समितिका नव निर्वाचित सभापती किशोर भण्डारी,क्षत्री समाज गण्डकी प्रदेशका सदस्य खड्क वहादुर कार्की लगायतले विजयदशमी,दिपाली र छठ पर्वको वारेमा शुभकामना मन्तव्य राखेका थिए ।
क्षत्री समाज पर्वतका अध्यक्ष कृष्ण वहादुर क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत समाजका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादुर भण्डारी र संचालन सचिव गणेश वहादुर क्षत्रीले गर्नुभएको थियो ।
कार्यक्रमा क्षत्री समाजका ७ वटै पालिकाका अध्यक्ष लगायत जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।