२० असोज
पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतको पालिका स्तरिय अधिवेशन सम्पन्न भएको छ । ३ वटा पालिकाको अधिवेशन आज नै सम्पन्न भएको हो । कुश्मा नगरपालिकामा प्रेम गुरुङ्ग ( अशोक ) को अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन भएको छ । मोदी गाउंपालिकामा हेम शर्मा पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ ।
त्यसै गरि जलजला गाउंपालिकामा जुलेस मल्लको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको प्रदेश क का सचिव राजन गुरुङ्गले जानकारी दिए ।
आज नै सम्पन्न प्रदेश क को अधिवेशनले २१ सदस्यीय कार्य समिति चयन गरेको छ । अध्यक्षमा ईच्छा वहादुर गुरुङ्ग र सचिवमा राजन गुरुङ्ग रहेका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य ईच्छा वहादुर गुरुङ्ग,रण वहादुर क्षेत्री,ठाकुर भूषाल,पर्वतमाला के सी,समाजसेवी मान कुमारी गिरी र जिल्ला निर्वाचन संयोजक चन्द्र वहादुर क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष हेमलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव प्रभू गुरुङ्गले गरेका थिए ।








