१७ असोज
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य प्रतिस्पर्धी भन्दा तीन गुणा बढी मतान्तरले अगाडि रहेका छन्।
नौ सय मत गणना सकिदा शाक्य ६ सय ३९ मतले अग्रस्थानमा छन् भने प्रगतिमान रञ्जितले दुई सय ४९ मत प्राप्त गरेका छन्। निर्वाचन समितिकाअनुसार करिव दुई सय मत गणना गर्न बाँकी छन्।
आइतबार भएको निर्वाचनमा शाक्यको प्यानल नै अग्रस्थानमा रहेको बुझिएको छ। गगन थापा, प्रकाशमान सिंह समर्थक शाक्य काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष पनि हुन्। काठमाडौं कांग्रेसले १५ वर्षपछि नयाँ नेतृत्व पाएको हो। शाक्य एमालेको गढ रहेको वडा नम्बर २५ मा कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन्।








