७ भदौं

काठमाडौँ । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ ।

हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय गरेको हो ।

बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको छ ।

हिजोको बैठकमा असोज ९ गतेका लागि निर्धारण भएको पालिकास्तरीय अधिवेशन यथावत राख्दै अन्य कार्यतालिका दशैं पछि सार्ने निर्णय भएको हो ।