२३ भदौ
पर्वत। नेकपा एमालेबाट निर्वाचित २ सय २ जनप्रतिनिधी मध्ये २ सय जना एमालेमै बसेका छन । एमालेका एक वडा अध्यक्ष सहित २ जनाले मात्रै समाजबादी रोजेका छन ।
विभाजन भएर गठन भएको नेकपा समाजवादीमा पर्वत जिल्लाबाट २ जना जनप्रतिनिधि सहभागी भएका छन् । सनाखत गर्ने अन्तिम दिन एमालेबाट निर्वाचित स्थानीय तहका २ जना जनप्रतिनिधि मात्र माधव नेपालको समाजवादी पाटीमा आवद्ध भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माका अनुसार कुश्मा नगरपालिका वडा न १४ का वडाअध्यक्ष भिम गुरुङ र फलेवास नगरपालिका ४ मुडिकुवाका वडा सदस्य बालचन्द्र नेपालीले समाजवादी पाटी रोजेका हुन् । एकिकत समाजबादी रोज्ने जनप्रतिनिधीको संख्या ० दशमलब ९९ प्रतिशत मात्रै भएको छ ।








