२१ भदौं
पर्वत । कांग्रेस पर्वतका वडा अधिवेशनहरु सम्पन्न भएका छन् । जिल्लाको ६१ वटा वडामा धेरै स्थानमा सर्वसम्वत र केहि स्थानमा मतदान भएको थियो । ७ वटा स्थानिय तहका सवै वडामा भदौ १८ गते वाट प्राररम्भ भएको अधिवेशनको प्रकृया २० गते सकिएको थियो ।
नेपाली कांग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईले दिएको जानकारी अनुसार चौंधौ महाधिवेशनवाट निर्वाचित वडा सभापतिहरुमा मोदी गाँउपालिका, वडा नं १ भुकवाट जगन वहादुर गुरुङ, वडा नं २ देउपुरवाट राजेन्द्र हमाल, वडा नं ३ देउरालीवाट कृष्ण बहादुर गुरुङ, वडा नं ४ क्याङवाट मन बहादुर चोचाङ्गी, वडा नं ५ बाजुङवाट मन वहादुर अधिकारी, वडा नं ६ तिलाहारवाट लक्ष्मण श्रेष्ठ, वडा नं ७ राम्जा देउरालीवाट नारायण गौतम र वडा नं ८ चित्रेवाट भिम प्रसाद लम्साल हुनुहुन्छ ।
कुश्मा नगरपालिकावाट निर्वाचित वडा सभापतिहरुमा कुश्मा नगरपालीका वडा नं १ पाङवाट कृष्ण वहादुर क्षेत्री, वडा नं २ खुर्कोटवाट तिर्थ प्रसाद शर्मा, वडा नं. ३ दुर्लुङ्ग वाट लेख वहादुर गुरुङ्ग, वडा नं ४ कुश्मावाट दिनेश श्रेष्ठ, वडा नं ५ कुश्मावाट प्रेम गुरुङ, वडा नं ६ कुश्मावाट मान सिंह भण्डारी निर्विरोध चयन हुनु भएको छ । यसै गरी कुश्मानगरपालिका वडा नं ७ कुश्मावाट खेमनाथ शर्मा, वडा नं ८ चुवा वाट लक्ष्मण शर्मा, वडा नं ९ कटुवाचौपारीवाट राम शर्मा लामिछाने, वडा नं। १० पिपलटारीवाट नर वहादुर के सी, वडा नं। ११ पकुवावाट कृष्ण वहादुर के सी वडा वडा नं १२ ठूलीपोखरीवाट कुमार सुवेदी, वडा नं १३ वाट राम वहादुर नेपाली र वडा नं १४ आर्थरवाट रुद्रमोहन रिमाल सभापति चयन हनु भएको छ ।कुश्मा नगरपालिका अन्र्तगत पिपलटारी र ठूलीपोखरीमा मतदान भएको थियो ।
जलजला गाँउपालिका वडा नं १ बासखर्कवाट राम वहादुर बरुवाल, वडा नं २ मल्लाजवाट खिम के.सी, वडा नं ३ माझफाँट चन्द्र वहादुर खत्री, वडा नं ४ माँझफाटवाट मेघनाथ पौडेल वडा नं ५ लेखफाँटवाट यम शर्मा, वडा नं ६ शालीजावाट बुद्धि सुबेदी, वडा नं। ७ धाईरिङ्गवाट मनहरी आचार्य, वडा नं। ८ नाइलिबाङवाट श्रीकृष्ण रेग्मी र वडा नं ९ वनौवाट वल वहादुर पुन वडा सभापति चयन हुनु भएको छ ।
त्यसै गरी फलेवास नगरपालिका वडा नं १ कार्किनेटावाट देवि प्रसाद पाध्या वडा नं २ थापाठाना जित वहादुर थापा, वडा नं ३ शंकरपोखरीवाट अर्जुन वहादुर कार्की, वडा नं ४ मुडिकुवावाट कृष्ण शर्मा गौडेल वडा नं ५ खानीगाँउवाट शिबेन्द्र पोख्रेल, वडा नं ६ देविस्थानवाट नारायण श्रेष्ठ, वडा नं ७ लिमिठानावाट सृजना तिमिल्सीना, वडा नं ८ ठानामौलावाट हेमराज कुवँर, वडा नं ९ भंगरावाट हुतराज गुरुङ, वडा नं १० कुर्घावाट मेघराज लम्साल र वडा नं ११ पाङराङवाट ध्रुव पाठक सभापति चयन हुनु भएको छ ।
प्राप्त खवर अनुसार महाशिला गाउपालीका वडा नं १ होश्राङदीवाट पदम वहादुर गुरुङ वडा नं २ भोक्सीङवाट छविलाल लामिछाने, वडा नं ३ बालाकोटवाट धन प्रसाद गुरुङ वडा नं ४ पाखापानीवाट भिम बहादुर मल्ल, वडा नं ५ लुंखुवाट चन्द्र वहादुर मल्ल र वडा नं ६ फलामखानीवाट कर्ण वहादुर नेपाली वडा अध्यक्ष चयन हुनु भएको छ ।
यसै गरी विहादी गाउपालीका वडा नं १ बाच्छावाट यम वहादुर खड्का, वडा नं २ बर्राचौरवाट हरी पराजुली, वडा नं ३ रानीपानीवाट नवराज पराजुली, वडा नं ४ वहाकीवाट गोकुल प्रसाद भुषाल, वडा नं ६ वाट शालिकरामवाट दण्डपाणी शर्मा वडा सभापति चयन हुनु भएको छ भने वडा नं ५ उराम वाट नर वहादुर क्षेत्री चयन हुनु भएको छ ।
पैयु गाउपालीका वडा नं १ टकलाकवाट रुकवहादुर राना, वडा नं २ त्रिवेणीवाट यम प्रसाद वश्याल, वडा नं ३ बेउलीवासवाट सावित्रा थापा, वडा नं ४ हुवासवाट रेशम रिजाल, वडा नं ५ हुवासवाट बदुप्रसाद भुर्तेल, वडा नं ६ सरौखोलावाट मुक्ती तिवारी र वडा नं ७ भोर्लेवाट भिम वहादुर गुरुङ सभापति चयन हुनु भएको छ ।
आँउदो भाद्र २७ गते पालिका अधिवेशन, आश्विन १ गते प्रदेश क्षेत्रिय अधिवेशन क, ख र ५ गते जिल्ला अधिवेशन सम्पन्न हुनेछन् । निर्वाचित क्षेत्रिय प्रतिनिधिहरु सवै उक्त अधिवेशनका लागी मतदाता रहेका छन् ।








