४ भदौं

पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गरी कास्की अदालतमा पेस गर्न पोखरा अदालतले अनुरोध गरेको थियो । उनले ठगी गरेको भनि लगाएको आरोप ठगी नभई साथीको लागि जमानी बसिदिएको प्रष्ट पारेका छन् ।
गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई लेखिएको पत्रमा उनलाई पक्राउ गरी अदालतमा दाखिला गर्न भनिएको थियो । वादी ध्रुव बहादुर थापा सँगको लेनदेनको विषयमा प्रतिवादी मल्ललाई लेनदेनको मुद्दामा २०७७ चैत २७ मा पक्राउ गरी कास्कीमा पठाइदिनु भनी आदेश भएकोले पक्राउ गर्न भनिएको थियो ।
यसबारेमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताएका छन् । २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकालेर चलाईरहेका अवस्थामा रुटपरमीट र अन्य कामका लागी पैसा निकाल्नु पर्यो भनी अनुरोध गरेकाले जवानी बसिदिएको प्रष्ट पारेका छन् । कसैले सहयोग माग्दा गरेको सहयोग हो तर उल्टो फसाउने र चरित्रहत्या गर्ने काम गरियो । २०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेको पनि मल्लको भनाई छ ।
‘किनेको मान्छेले तिर्न नसकेपछि कानुन अनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । तर किनेको मान्छेले कसरी पैसा तिर्न सकेन उ संग चलअचल सम्पती भए नभएको एकिन नगरी वा किनेको मान्छेलाई मुद्धा नहाली सिधै जमानी वस्नेलाई मुद्धाहालेर फसाउने काम गरेको वताउनू भयो । गाडी किनेका रोजेश वहोराले पैसा तिर्न नसक्ने भनी गाडी कन्स्ट्रक्सनको कार्यालमा नै छाडेको भन्ने मौखिक जानकारी मात्र भएको वताए । धनी नबील बैङ्क पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रा.लि भन्ने छ । बा २ ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो ।’ उनले भने, ‘उसले पैसा तिरे नतिरेको आफूलाई जानकारी नभएको तर एक्कासी अदालतवाट मुद्धा फैसला भए पछि पनि धेरै समय पछि राजनैतिक पुर्वाग्रहका रुपमा अहिले वाहिरा ल्याएर चरित्रहत्या गरेको वताए । आफूले थाहा पाउदा वित्तिकै सावा र व्याज रकम अदालतमा नै लगेर वुझाएको जानकारी दिए । हिमालयन अटोले गाडी पनि लगेर आफैले राखेको रहेछ ।
उता हिमालयन अटोका प्रोप्राइटर तथा वादी ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताए । ‘उनले साथीको लागि गाडीको जमानी वसेका हुन, उनी आफैले लगेका पनि होइनन् तर जमानी बसेका कारण यो अवस्था आएको हो । साथिका लागि जमानी बसेकाले उनलाई तनाब मात्र भयो’ उनले भने, ‘गाडी किनेको मान्छेले पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू डिसमिस भएका छन् । मैले पैसा पाउनु पर्ने थियो पाएँ, अब यो मुद्दा सकियो ।’
नेपाली काँग्रेस पर्वतको कोषाध्यक्ष समेत रहेका मल्ल आगामी १४ औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन् ।
आफू जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदार समेत रहेकाले आफूलाई यसबाट विफल पार्नका लागि यो अदालती प्रक्रिया अपनाइएको उनको तर्क छ । ‘राजनीतिक रूपमा यो मुद्दा उठाइएको छ ।  पहिले नै पैसा नतिरेको बारेमा थाहा भएको भए त तिरिदिन्थेँ’ उनले भने, ‘मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठुलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ ।’ व्यावसायिक मान्छेले कारोबार गरिरहने तथा साथीका लागि जमानी बस्ने वा लगानी गर्ने काम पनि भएकाले यो सामान्य कुरा हो तर यसलाई नै आधार वनाएर मेरो सामाजिक र राजनैतिक जिवन समाप्त पार्न खोजियो ।
कास्की जिल्ला अदालतले पक्राउ गर्नका लागी पर्वत प्रहरीलाई गरेको सुचनालाई मिति २०७८ भदौ ५ गते रकम दाखिला गरेकाले पक्राउ गर्नुनपर्ने भनि पून: पत्रचार गरेको छ । लेनदेन संवन्धि मुद्धा उत्त पत्रचार पश्चात सकिएको देखिन्छ ।