११ साउन
पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आर्थिक वर्ष ०७७/०७८ मा जिल्ला प्रशासन कार्यालय पर्वतले सम्पन्न गरेका कार्यहरुका उपलव्धिहरु सार्वाजनिक गर्नुभएको छ । आफु पर्वत जिल्लामा सरुवा भएर आए पछि विभिन्न सरोकारवाला निकायहरु संग समन्वय र सहकार्यगरि जिल्लाको शान्तिसुरक्षा चुस्त राख्न सफल भएको जानकारी गराउनू भयो ।

कार्यालयमा सेवाग्राहीले पाउने सेवामा सहजता अवोस भनेर कार्य संचालन कार्य विधि २०७८ प्रकाशन गरि संचालनमा ल्याएको वताउनू भयो । सेवाग्राहीहरुले कार्यालयमा सेवा लिनआउदा पु-याउनुपर्ने विधि र प्रकृयाकोवारेमा सवै नागरिकलाई जानकारी हुने र कुनैपनि सेवाग्राही कार्यालयमा आएर प्रकृया नपुगेका कारण विमुख भएर फर्कन नपर्ने स्थिति सृजना गर्न उक्त कार्य संचालन कार्यविधि लागु गरेको वताउनू भयो ।

कोरोनाको दोश्रोलहरका कारण जनजिवन अतिप्रभावित भएको कठिन अवस्थामा पनि जिल्ला प्रशासन कार्यलयले सेवा प्रदान गरेको,कोरोना नियन्त्रण गर्न स्थानिय पालिका लगायत सरोकारवाला निकाय संग समन्वय गरि कार्य गरेका कारण ठुलो मानविय क्षती हुनवाट जोगिएको वताउनुभयो ।

विपद पूर्व तयारी तथा प्रतिकार्ययोजना,मनसुन पूर्व आपतकालिन कार्ययोजना निर्माण गरि लागू गरेको ।
यस आवमा ७७ जनाले संघ सरकार वाट ८ लाख ९५ हजार र प्रदेश सरकार वाट ३९ जनाले ३ लाख ८० हजार राहात पाएका छन् । ७४ घर पुननिर्माण,११ पुनस्थापना र ९२ घर मर्मत भएका छन् ।

अवैधानिक रुपमा कालिगण्डकीमा ढुड्गा गिटी,वालुवा उत्खनन् गर्ने कार्यको पूर्णरुपमा प्रतिवन्द लगाईएको,कोभिट १९ को नियन्त्रणका लागी नियमित वजार अनुगमन तथा स्वास्थ्य सुरक्षका मापदण्ड पालना वारे अनुगमन गरेकोे वताउनू भयो ।

वावा आमा पत्ता नलागेका नागरीकका लागी नेपाली नागरीकता वनाउने कार्यलाई सहजिकरण गरी ३ जनालाई प्रकृया पु-याएर नागरिकता प्रदान गरेको जानकारी गराउदै जिल्लामा सवैको सहकार्य र समन्वयमा कानुनले तोकेका कार्यहरु गर्दै आएको प्रशासनले जनाएको छ ।