७ साउन

पर्वत । लामो समयदेखी मृगौलारोगवाट थलिएका पर्वतका एक युवालाई पर्वत सेवा समाज नेपालले सहयोग गरेको छ । जिल्लाको फलेवास नगरपालिका–११ पाङराङका २१ वर्षिया विनोद विकलाई नगद रु. १० हजार रुपैयाँ सहयोग गरेको समाजले जनाएको छ । लामो समयदेखी मृगौलारोगवाट थलिएका विकको उपचारमा सहयोग पु-याउने उद्देश्यले रकम सहयोग गरिएको हो । उक्त रकम पर्वत सेवा समाज नेपालका अध्यक्ष मुना भुषालले पीडितको घरमा पुगेर पीडित विनोद विकलाई हस्तान्तन्तरण गर्नुभएको छ ।

रकम हस्तान्तरण प्रश्चात भुषालले प्रवासमा नेपालीहरुले संकलन गरेर पठाएको रकम पीडित परिवारलाई सहयोग गरेको बताउनु भयो । ‘रकम सानो छ, पीडितको उपचारमा सहयोग पुगोस् भनेर रकम सहयोग गरेकी हुँ ।,’ भुषालले विगतमा पनि मृगौला पीडित परिवारलाई सहयोग गरेको भन्दै आगामी दिनमा थप सहयोग गर्ने बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा शिक्षक संघका पूर्व उपाध्याक्ष कृष्ण पाठक र नेपाली काँग्रेसका पर्वतका जिल्ला सदस्य मानवहादुर भुषाल लगायतको उपस्थिती रहेको थियो । पर्वत सेवा समाज नेपाल जिल्लामा सामजिक कार्य गर्ने उद्देश्यले गठन भएको हो । मुना भुषालको नेतृत्वमा गठन भएको नेपालले पर्वत जिल्लामा विशुद्ध सामजिक सेवामा सक्रिय छ ।

मृगौला पीडित विक डढे बर्षदेखी अस्पतालमा उपचाररत छन् । हाल उनी चरक मेमोरियल हस्पिटल पोखरामा उपचाररत छन् । पोखरामा उपचार सम्भाव नभएपनि उनलाई काठमाडौँ लैजाने तयारी गरिएको छ । दैनिक ज्यालामजदुरी गरेर जिवन निर्वाह गदै आएका विक परिवार छोाराको उपचार खर्च जुटाउन नकस्दा समस्यामा छन् । छोराको उपचार गर्न खर्च छैन, बुवा छविवाल विकले भन्नुभयोे,‘भएको जग्गा जमिन छोराको उपचारमा सकियो,अव भगवानको आश छ ।,’ उहाँले छोरा बाचर्यदिन आग्रह गदै देशविदेशमा रहेका नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभयो ।