५ साउन

काठमाडौँ । सरकारले बकर इदको अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

उक्त बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णयसमेत गरेको थियो ।