२४ असार
पर्वत । अविरल वर्षका कारण कुश्मा नगरपालिका वडा न २ खुर्कोटका ५ घर मा पहिरोले क्षती पू-याउदा ४ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । १ घर जोखिममा रहेको छ । साविक खुर्कोट वडा नं. ८ स्थित थुम्कीला देखि आएको पहिरोले स्थानिय सीता क्षेत्री,रामू पूरी,दयाराम नेपाली र टेक वहादुर रेग्मीको घरमा क्षती पु-याएका कारण ४ परिवार घर छाडेर छिमेकीको घरमा शरण लिएर वसेका छन् । स्थानिय छिमेकीको सहयोगमा ४ घरपरिवारलाई सुरक्षित ठाउंमा स्थान्तरण गरिएको छ ।
चुमान पूरीको घर जोखिममा रहेको छ । अविरल वर्षका कारण जमिनको विचविचमा धाजा गएर पहिरो आएर घरमा क्षती पूगेको छ । आज दिउसो १ वजे गएको पहिरोले उक्त क्षती पु-याएको हो । दिउसो पहिरो गएकाले घरमा वसेका मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको स्थानिय लोकेन्द्र भण्डारीले जानकारी दिए ।

त्यसै गरि साविक वडा नंं ६ कौशिनी,पैरा भन्ने ठाउंमा समेत पहिरो गएको छ । वडाका सवै स्थानमा वाढी र पहिरोले क्षती पु-याएको जानकारी प्राप्त भएको छ । वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोलाले पहिरो गएको जानकारी आएकाले स्थलगत अनुगमन गरि राहात र उद्धारको कार्य गरिने जानकारी गराउनू भयो ।








