१० असार

पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवास नगरपालिकाले आज नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर बुधवार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।
फलेवासनमा चालु तर्फ रु. ३० करोड ६८ लाख, पूँजीगत तर्फ ३९ करोड ३२ लाख र सामाजिक सुरक्षा तर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको शर्माले बताउनुभयो । नगरपालिकाको बजेट नीति तथा कार्यक्रममा कोभिड १९ प्रकोप व्यवस्थापन, विपन्नको आयआर्जन र स्वरोजगार, कृषि, पर्यटन, पूर्वाधार विकास, उर्जाको विकासमा जोड दिईएको छ ।


नगरपालिकाको बजेटमा बिगत वर्षहरुमा शुरु गरेका र कल्पना गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न जोड दिईएको छ । क्रमागत योजनाको निरन्तरतालाई बजेटमा समेटिएको छ । नीति तथा कार्यक्रम सभाबाट पारित गरि राजस्व परामर्श समितिका संयोजक एबं उपप्रमुख मञ्जु अधिकारीले बजेट प्रस्तुत गर्नुभएको थियो ।

1-.Phalewas-Niti-karyakram-2078-079