५ असार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्तामा पुगेसंगै आफुले गरेको सबै काम कानुनतः ठीक छ, भन्ने सोच र ज्यादतीका कारण अहिले देशको सम्पूर्ण प्रणाली नै धरापमा पर्दै गएको छ । राजनितिक विश्लेषकहरुको भनाईलाई आधार मान्ने हो, दुई तिहाई बहुमतको नजिक रहेको सरकार ओलीकै कारण अल्पमतमा परेको हो, त्यति मात्र हैन, उनले आफ्नै अग्रसरतामा वामपन्थीहरुलाई एक बनाउन गरेको प्रयास स्वरुप एकताबद्ध भएको पार्टी ‘नेकपा’ अहिले दुई चिरा भएको छ ।
विकास निर्माण र जनताको समस्यामा ध्यान दिनुको साटो आफ्नो सत्ता आरालो लाग्दै गएको देखेपछि प्रधानमन्त्री ओलीले त्यसलाई लम्ब्याउन संविधानमा कहिकतै नभएको व्यवस्था आफु अनुकुल परिभाषित गर्दै दुई दुई पटक सम्म प्रतिनिधिसभा नै भंग गरे । मुलुक नै भड्खालोमा हाल्ने गरि उनको क्रियाकलाप बढेपछि त्यसलाई ट्रयाकमा ल्याउन विपक्षी दलहरु अहिल उनी विरुद्ध एकत्रित भएका छन् ।
गठबन्धन अहिले केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्म समान धारणा बनाएर अघि बढेपछि त्यसलाई फुटाउन बालुवाटारले अनेकन तिकडम शुरु गरेको छ । ओलीका समकालिन रहेका माधव नेपाल लगायतका समुह समेत उनको साथ छोडेपछि उनीहरुको एकता भाँड्न ओली पक्षबाट एकता भाँडन विभिन्न प्रस्तावहरु आउने गरेको उनीहरुको भनाई छ । बालुवाटारभित्र आफ्नैका बीचमा बेमेल र एकले अर्कोलाई स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको बेला ओलीले माधव नेपाललाई उधारोमा पार्टी अध्यक्ष बनाउने प्रस्ताव पठाएको स्रोतको दावी छ ।








