सतिष रेग्मी
जेठ २९, २०७८
पर्वत : अध्ययनको शिलशिलामा अमेरिका रहेका एक जना नेपाली चिकित्सकले पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्।
अस्पतालमा कार्यरत डा. डि.बी क्षेत्रीका अनुसार जिल्लाको मोदी गाउँपालिका–५ घर भई एम.डी. अध्ययनका लागि अमेरिकामा रहेका दिपेन्द्र शर्मा चापागाईँले पाँच सय अमेरिकी डलर अर्थात नेपाली ५७ हजार एक सय ३० रुपैयाँ सहयोग गरेका हुन्।
कोभिड–१९ को महामारीको समयमा जिल्लाबासीहरुले समस्या भोग्न नपरोस भनी उनले अमेरिकामा नै अभियान चलाएर अस्पतालको लागि सहयोग गरेका हुन्। आफ्नो गृह जिल्ला पर्वतलाई सघाउनको लागि आफूले नेतृत्व गरेर आर्थिक सहयोग गर्न सकिएको डा. चापागाईँले बताए। उक्त सहयोगबाट कोरोना संक्रमितहरुको उपचारको लागि आवश्यक पर्ने औषधि, उपकरण लगायतका सामग्रीहरु खरीद गरिने पर्वत अस्पतालका चिकित्सक डा. क्षेत्रीले बताए।