२६ जेठ
पर्वत। पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ फर्सेमा रुखबाट लडेर एक व्यक्ति गम्भीर घाईते भएका छन् । आज (बिहिवार) बिहान घाँस काट्नमा रुखमा चढेका अन्दाजी ४५ बर्षिय बामवहादुर क्षेत्री लडेर घाईत भएका हुन् ।
घाँस काट्न रुखमा चढेका क्षेत्री ५० मिटर तल खसेका थिए । स्थानीयले तत्काल उद्धार गरी धौलागिरी अञ्चल अस्पताल बागलुङ पु-याएका थिए । बागलुङ उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको नाग्लिवाङका वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिएका छन् ।
रुखबाट लडेर घाईते भएका क्षेत्रीको मेरुदण्ड भाँचिएको छ । बागलुङमा उपचार सम्भाव नभएपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाएको वडा अध्यक्ष जिसीले बताए । सडक सञ्जाल मार्फत उपचारमा लैजादाँ ज्यानको जोखिमलाई मध्येनजर गरी घाईतेका आफन्तले खर्च व्यहोर्ने गरी हेलिकप्टरको व्यवस्था गरिएको उनको भनाई छ ।








