२४ जेठ
पर्वत । कुश्मा नगरपालका वडा न ९ मा ५ लाख वरावरको स्वास्थ्य सामाग्री वितरण भएको छ । बोधिसत्त्व बिहार संस्थाको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो । कुश्मा नगरपालिका वडा नं. ९ स्थायी घरभई हाल काठमाडौं वस्दै आएका राजेन्द्य्र वहादुर क्षत्री र वोधिसत्व विहार संस्थामा कार्यरत निश्चल क्षत्रीको पहलमा उक्त सामग्री भित्रिएको हो ।


वडा नं. ९ लाई ५ लाख वरावरको र कुश्मा नगरपालिकाका १३ वडाका लागगी २० लाख वरावरको सामग्री हस्तान्तरण भएको छ । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको अनुरोधमा उक्त सामाग्री नगरका सवै वडामा पुर्याउन संभव भएको वडा नंं ९ का वडा सदस्य विन्दू पिसी क्षत्रीले वताउनु भयो ।


आज एक कार्यक्रमका विच वडा नं. ९ को समन्वयमा एक कार्यक्रमका विच ५ लाख वरावरको सामाग्री कटुवा चौपारी स्वास्थ चौकीलाई हस्तान्त्रण गरीएको छ । उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका उप प्रमुख सीता काप्ले लामिछाने,वडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने,वडा सदस्य विन्दु पिसी क्षत्री,स्वास्थय चौकी ईन्चार्ज विनोद श्रेष्ठ,समाजसेवी रामशर्मा लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
आपनो जन्मभुमिका लागी कोभिड जस्तो महामारीमा स्वास्थ्य सामग्री उपलव्ध गराई जनताको ज्यूज्यानको सुरक्षका लागी महत्वपुर्ण भुमिका खेलेको भन्दै स्थानिय राजेन्द्र वहादुर क्षत्री,निश्चल क्षत्री र वोधिसत्त विाहार संस्थालई धन्यवाद ज्ञापन गरिएको छ । आगामी दिनहरुमा पनि उहांहरुको मार्तभुमि प्रति सेवा गर्ने हौसला थपिायोस भनि शुभकामना व्यक्त गरिएको थियो ।