सतिश रेग्मी
जेठ २३, २०७८
पर्वत : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।
उनीहरू कास्कीका सात जना, लमजुङ, तनहुँका र स्याङजाका दुई÷दुई जना तथा पर्वतका एक जना रहेका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति मार्फत पुष्टि गरेका छन्।
कोरोना सङ्क्रमणको पुष्टि भएपछि उपचारको लागि सम्बन्धित जिल्लाका विभिन्न अस्पतालमा उपचारको लागि पुगेकाहरूको मृत्यु भएको हो। यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु हुनेहरूको सङ्ख्या सात सय ६२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप पाँच सय १३ जानामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या ४६ हजार पाँच सय पुगेको छ।
११ जिल्ला रहेको गण्डकीमा सबैभन्दा बढी प्रभावित जिल्ला कास्की रहेको छ। जहाँका १९ हजार छ सय २० जनामा सङ्क्रमणको पुष्टि भएको छ। कोरोनालाई जितेकाहरूको सङ्ख्या १७ हजार पाँच सय १५ रहेकोमा तीन सय ३६ जनाको मृत्यु भएको छ। त्यहाँ हाल १७ सय ६९ सक्रिय केस रहेका छन्।








